राजकुमार राव बने भुतको दुलाहा
फिल्मको ट्रेलर मंगलबार सर्वाजनिक भएको छ। फिल्ममा राजकुमारसँगै वरुण शर्मा र जान्ह्वी कपुर अभिनित फिल्म ‘रुही’मा जाह्नवी कपूरले एउटी यस्ती केटीको भूमिका निर्वाह गरिरहेकी छिन्, जसमा उनीभित्र भुतको साया छ ।
काठमाडौं, फागुन ४ : बलिउड अभिनेता राजकुमार राव भुतको दुलाह बनेका छन् । बलिउड फिल्म ‘रुही’मा राजकुमार भुतको दुलाहका रुपमा देखिएका हुन्।
फिल्मको ट्रेलर मंगलबार सर्वाजनिक भएको छ। फिल्ममा राजकुमारसँगै वरुण शर्मा र जान्ह्वी कपुर अभिनित फिल्म ‘रुही’मा जाह्नवी कपूरले एउटी यस्ती केटीको भूमिका निर्वाह गरिरहेकी छिन्, जसमा उनीभित्र भुतको साया छ ।
त्यस्तै, राजकुमार राव र वरुण शर्मा यस भुतको फिल्ममा कमेडी गरेको देख्न सकिन्छ । फिल्मको ट्रेलर जाह्नवी कपूरले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छन् । ट्रेलर हेर्दा फिल्म राम्रो बनेको छ भन्ने अनुमान लगाउन सकिन्छ ।
सन् २०१८ मा रिलिज भएको वास्तविक घटनामा आधारित फिल्म ‘स्त्री’ बक्स अफिसमा हिट भएको थियो । फिल्मको कथा एक डरलाग्दो कमेडी कहानी हो जुन भुतको कन्सेप्टमा आधारित छ । जसलाई स्त्रीको निर्माताले नै निर्माण गरेका हुन् ।
यस फिल्ममा जान्ह्वी कपुरलाई भुतनीको रुपमा देखाइँदैछ । राजकुमार र वरुणले जान्ह्वीमा भएको भुतको सायालाई निकाल्न कोशिश गर्नेछन् । फिल्ममा जान्ह्वीले पहिलो पटक भुतनीको अभिनय गरेकी हुन् । फिल्मका लागि उनको लुक्स निकै डरलाग्दो देखिएको छ ।