Kathmandu Press

सुशान्तपछि ‘एमएस धोनी’का अर्का अभिनेता सन्दीपले गरे आत्महत्या

गत वर्ष, एमएस धोनी फिल्मका मुख्य अभिनेता सुशांत सिंह राजपूतले पनि  आत्महत्या गरेका थिए । अभिनेता संदीप नाहर जो यस फिल्मको एक हिस्सा थिए, अब उनले पनि आत्महत्याको गरेको घटना बाहिर आएको छ । 
सुशान्तपछि ‘एमएस धोनी’का अर्का अभिनेता सन्दीपले गरे आत्महत्या

काठमाडौं, फागुन ४ : बलिउड जगतमा अर्को आत्महत्याको घटना बाहिर आएको छ । फिल्म एमएस धोनीका अभिनेता संदीप नाहरले पारिवारिक समस्याबाट तनावग्रस्त भएपछि आत्महत्या गरेका छन् । 

गत वर्ष, एमएस धोनी फिल्मका मुख्य अभिनेता सुशांत सिंह राजपूतले पनि  आत्महत्या गरेका थिए । अभिनेता संदीप नाहर जो यस फिल्मको एक हिस्सा थिए, अब उनले पनि आत्महत्याको गरेको घटना बाहिर आएको छ । 

Hardik ivf

पछिल्लो केही समयदेखि उनको मानसिक अवस्था ठिक नभएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए । तर उनको मृत्युको कारण भने खुल्न सकेको छैन् । प्रहरीले उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ । 

सन्दीपले फेसबुकको पेजमा आफ्नो जीवनका समस्याहरू र उनकी पत्नीसँगको सम्बन्धको बारेमा एक भिडियोमा बताएका छन्। मृत्यु पछि, केही व्यक्तिहरूले यसलाई आत्महत्याको रूपमा वर्णन गरेका छन्, तर गोरेगाउँ प्रहरीका अनुसार अभिनेताले आत्महत्या गरे वा अरू कुनै कारणले गर्दा उनको मृत्यु भएको हो स्पष्ट छैन। पोष्टमार्टम रिपोर्ट पछि मात्र सत्यता थाहा हुनेछ । 

उनी फिल्म एमएस धोनीमा महत्वपूर्ण भूमिकामा देखा परेका थिए । यस बाहेक उनी अक्षय कुमार र भोजपुरी सुपरस्टार खेसारीलाल यादवसँग पनि काम गरिसकेका छन् । 
 
प्रकाशित मिति: ११:३५ बजे, मंगलबार, फागुन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्