Kathmandu Press

बलिउड अभिनेता अजय देवगनका बाबु वीरूको निधन

काठमाडौं, जेठ १३ : बलिउड फिल्म निर्देशक वीरु देवगनको हृदयघातका कारण निधन भएको छ। 

देवगनको सोमबार बिहान मुम्बईको सान्टाक्रुजस्थित स....

बलिउड अभिनेता अजय देवगनका बाबु वीरूको निधन

काठमाडौं, जेठ १३ : बलिउड फिल्म निर्देशक वीरु देवगनको हृदयघातका कारण निधन भएको छ। 

देवगनको सोमबार बिहान मुम्बईको सान्टाक्रुजस्थित सूर्य अस्पतालमा उपचारका क्रममा निधन भएको हो। बिरामी भएपछि देवगनलाई सूर्य अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।  

उनले सत्ते पे सत्ता, स्वर्ग से सुन्दर, दस नम्बरी मिस्टरनटवलला लगायतका चर्चित फिल्ममा एक्सन कोरियोग्राफ गरिसकेका छन्। देवगन बलिउड अभिनेता अजय देवगनका बाबु हुन्। वीरुले हिन्दुस्तान कि कसम फिल्मको १९९९ मा निर्देशन गरेका थिए। जुन फिल्ममा अमिताभ बच्चन, छोरा अजय देवगन र मनिषा कोइराला खेलेका थिए।

उनको पार्थिव शरीरको अन्त्येष्टि सोमबार बेलुका ६ बजे गरिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
 

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, जेठ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्