ब्रिटेन गट ट्यालेन्टकी जज आमन्डाविरुद्ध प्रहरीमा उजुरी
कोर्नवाल, फागुन २ : ब्रिटेन गट ट्यालेन्टकी जज आमन्डाविरुद्ध छिमेकीले प्रहरीमा उजुरी दिएका छन् । लकडाउन उल्लंघन गरेर आमाबुबालाई भेट्न आई अन्य मानिसको...कोर्नवाल, फागुन २ : ब्रिटेन गट ट्यालेन्टकी जज आमन्डाविरुद्ध छिमेकीले प्रहरीमा उजुरी दिएका छन् । लकडाउन उल्लंघन गरेर आमाबुबालाई भेट्न आई अन्य मानिसको स्वास्थ्यमा समेत खेलबाड गरेको भन्दै आमन्डाविरुद्ध छिमेकीले उजुरी दिएका हुन् ।
छिमेकीले उनका कारण अरुको स्वास्थ्यमा समस्या देखिने भन्दै उनको चर्को आलोचनासमेत गरेका छन् । तर आमन्डाले बाध्यताले लकडाउन उल्लंघन गर्नुपरेको बताएकी छन् ।
७१ वर्षीया आमा जुडित र ७५ वर्षीय बुबा लेस्लीले स्वास्थ्य समास्यका कारण आमन्डालाई घर आउन बारम्बार फोन गरेका थिए । त्यसपछि आमन्डा लकडाउन उल्लंघन गरेरै इंग्ल्यान्डको कर्नवालमा आमाबुबालाई भेट्न पुगेकी थिइन् ।
आमन्डाका प्रेस सल्लाहकारले भने, ‘आमन्डा लकडाउनको नियमबारे जानकार छिन् तर उनले बाध्यताले लकडाउन उल्लंघन गरेकी हुन् । लकडाउन उल्लंघन गर्नुपरेकामा उनी दुःखित छिन् ।’
प्रकाशित मिति: १७:५७ बजे, आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












