देश दौडाहमा उत्साहित वर्षा रावत
काठमाडौं, जेठ १३ : अभिनेत्री वर्षा रावत यतिबेला उत्साहित छन्। ‘जात्रै जात्रा’ले पाएको सफलतासँगै दर्शकबाट आएका प्रतिक्रियाले उनलाई उत्साहित....

काठमाडौं, जेठ १३ : अभिनेत्री वर्षा रावत यतिबेला उत्साहित छन्। ‘जात्रै जात्रा’ले पाएको सफलतासँगै दर्शकबाट आएका प्रतिक्रियाले उनलाई उत्साहित बनाएको हो।
प्रदीप भट्टराईद्वारा निर्देशित फिल्म ‘जात्रै जात्रा’ दोस्रो सातामा पनि सफलतापूर्वक चलिरहेको छ। र यतिबेला यो टिम देश दौडाहमा छ। उपत्यका बाहिरका हलहरूमा दर्शकसँग भेटघाट गरिरहेको छ।
यहि क्रममा ‘जात्रै जात्रा’की मुख्य अभिनेत्री वर्षा पनि दर्शकले दिएको मायाले निकै उत्साहित भएको बताउँछिन्।
उनी समीक्षकभन्दा दर्शकको प्रतिक्रियालाई महत्व दिनु पर्ने बताउछिन्। ‘फिल्म दर्शकले गर्दा चल्ने हो। र दर्शकले के मन पराउछन्? के मन पराउदैनन्? के सुधार चाहन्छन् भन्ने विचार गर्नुपर्छ,’ उनले भनिन्।
उनी ‘जात्रा’पछि ‘जात्रै जात्रा’मा पनि लिड रोलमा दोहोरिएकी हुन्। तर, यसपटक पर्दामा उनको स्पेस कम देखिन्छ।
उनलाई यसमा कुनै गुनासो छैन। ‘धेरै सिनमा देखिएर दर्शकले याद गरेन भने त त्यो मतलब नै भएन। तर, एकचोटी आएर दर्शकको मनमा बस्न सफल भयो भने त्यो क्यारेक्टर चाहीँ सफल क्यारेक्टर जस्तो लाग्छ मलाई,’ उनले भनिन्।
यो फिल्मले दर्शकबाट मात्रै होइन, समीक्षकबाट पनि राम्रो प्रशंसा पाएको छ।












