Kathmandu Press

'हीरक आरोहणमा तीर्थराज न्यौपाने’  पुस्तक विमोचन    

'हीरक आरोहणमा तीर्थराज न्यौपाने’  पुस्तक विमोचन    
Hardik ivf

काठमाडौं, फागुन १ :  'हीरक आरोहणमा तीर्थराज न्यौपाने' नामक पुस्तकको आज यहाँ विमोचन गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले एक समारोहका बीच पुस्तकको विमोचन गरेका हुन् ।

हिमालय खबर अनलाइन पत्रिकाले न्यौपाने ७६ वर्ष प्रवेश गरेको अवसरमा पुस्तक प्रकाशन गरेको हो । पुस्तकमा न्यौपानेका बारेमा ४० जना लेखकले लेखेका लेख समावेश छन् । एक सय ३६ पृष्ठको सो पुस्तकमा न्यौपानेको बल्यकालदेखि अहिलेसम्मको जीवनी समेटिएको छ । जीवनको लामो समय स्काउटमा बिताएका न्यौपानेको जीवन सङ्घर्ष र स्काउट सेवाका विषयमा अन्तर्राष्ट्रिय व्यक्तिले गरेको बयानसमेत पुस्तकमा समावेश गरिएको छ ।     

जीवनपरक रहेको सो पुस्तकको विमोचन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी भट्टराईले विश्व परिवेश सुहाउँदो नागरिक उत्पादनमा न्यौपानेको भूमिका महत्त्वपूर्ण रहेको बताए । स्काउटमा लागेर समाज परिवर्तनमा लाग्नुभएका न्यौपानेको जीवनीले समाज परिवर्तमा योगदान पुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति: १८:४६ बजे, शनिबार, फागुन १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्