पूर्वमिस नेपाल मलिना नयाँ प्रेमीसँगै रमाइन थाइल्यान्डमा
काठमाडौं, जेठ १३ : दुइटा प्रेमीसँग ‘ब्रेक अप’ भएपछि तनावमा रहेकी पूर्वमिस नेपाल एवं अभिनेत्री मलिना जोशी केही समययता भने खुशी देखिन थालेकी....

काठमाडौं, जेठ १३ : दुइटा प्रेमीसँग ‘ब्रेक अप’ भएपछि तनावमा रहेकी पूर्वमिस नेपाल एवं अभिनेत्री मलिना जोशी केही समययता भने खुशी देखिन थालेकी छन्। पछिल्लो पटकको थाइल्यान्ड भ्रमणमा पनि उनी रमाइरहेको देखिएको छ।
यसको कारण हो, उनका नयाँ प्रेमी। उनी पछिल्लो समय जिम ट्रेनर सुशान्त प्रधानसँग प्रेममा छिन्।
उनीहरू हालै थाइल्यान्ड भ्रमणमा गएका थिए। मलिनाले थाइल्यान्ड भ्रमणको क्रममा समुद्री तटमा फोटोसुट गराएकी छन्। जुन सामाजिक संजालमा पनि राखेकी छन्।
थाइल्यान्ड भ्रमणले मलिना र सुशान्तको सम्बन्धलाई अझ गाढा बनाएको छ। त्यसको झल्को मलिनाले फेसबुक स्टाटसमा दिएकी छन्।
उनले फेसबुकको लामो स्टाटसमा जिन्दगीले डोर्याएको बाटोमा आशावादी भएर अगाडि बढिरहेको लेखेकी छन्। उनको स्टाटसले पूर्वप्रेमीलाई कटाक्ष गरेको भान हुन्छ।
उनले सुशान्तसँग निकै खुशी रहेको खुलाएकी छन्। उनको प्रेममा रमाइरहेको बताएकी छन्।
मलिना यस अघि अभिनेता अनुप बिक्रम शाहीसँग प्रेममा थिइन। उनीसँगको सम्बन्ध टुटेपछि सारुक ताम्रकारसँग प्रेममा रहेकी थिइन्।
अनुप र सारुकसँग ‘ब्रेक अप’ भएपछि केही सयम तनावमा रहेकी थिइन्। नयाँ प्रेमीसँग सम्बन्ध प्रकाढ बन्दै गएपछि खुशी देखिन थालेकी छन्। त्यसलाई उनले सामाजिक संजालमा व्यक्त पनि गर्दै आएकी छन्।











