Kathmandu Press

पैसा उठाएर गलत प्रयोग गरेको प्रमाणित गरे जुत्ताको माला लगाउन तयार छु : श्वेता खड्का 

काठमाडौं, माघ ३० :  नायिका श्वेता खड्काले माझी बस्ती निर्माण र श्वेताश्री फाउन्डेसनको नाममा पैसा उठाएर रकम हिनामिना गरेको आफूमाथिको आरोपको खण्डन गरेकी...
पैसा उठाएर गलत प्रयोग गरेको प्रमाणित गरे जुत्ताको माला लगाउन तयार छु : श्वेता खड्का 
Hardik ivf

काठमाडौं, माघ ३० :  नायिका श्वेता खड्काले माझी बस्ती निर्माण र श्वेताश्री फाउन्डेसनको नाममा पैसा उठाएर रकम हिनामिना गरेको आफूमाथिको आरोपको खण्डन गरेकी छन् । उनले आज फेसबुकमार्फत  ‘माझीबस्ती : यथार्थ र भ्रम’ शीर्षकको लेखबाट रकम हिनामिनाको आरोपको खण्डन गरेकी हुन् ।

उनले लेखेकी छन्,  ‘मैले श्वेताश्री फाउन्डेसनको नाममा पैसा उठाएर विलासी जीवन बिताएको प्रतिकृयाहरु पनि देखेकोछु । तर जसले मलाई फाउन्डेसनको नाममा पैसा उठाएर त्यस्को गलत प्रयोग गरेको प्रमाणित गर्छ, त्यो प्रमाणित भएकै दिन जुत्ताको मालासहित कालो मोसो दलेर  माझी बस्ती परिक्रमा गर्न तयार छु।’

खड्काले माझी बस्तीको निर्माणकार्य जसरी भए पनि सम्पन्न गर्ने बताएकी छिन् । उनले लेखेकी छिन्, ‘मैले अपिल गरेको आर्थिक सहयोग नजुटे पनि त्यो बस्तीलाई सम्पन्न गर्ने जिम्मेवारी मेरो नै हो । म मेरो जिम्मेवारीबाट विमुख हुनेछैन ।’

प्रकाशित मिति: १७:१३ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्