Kathmandu Press

हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ सार्वजनिक

गीतमा खत्री र केवलजङ्ग कुँवरको  अभिनय छ । पछिल्लो समय ‘एक्सको छम्मा’ गीत गाएर चर्चा कमाएकी उनले हाल यो गीत सार्वजनिक भएपछि स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् । 
हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ सार्वजनिक
Hardik ivf

काठमाडौं, माघ ३० : सिर्जना खत्री हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’सार्वजनिक भएको छ । स्वयं खत्रीको शब्द र स्वर रहेको सो गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ ।

गीतमा खत्री र केवलजङ्ग कुँवरको  अभिनय छ । पछिल्लो समय ‘एक्सको छम्मा’ गीत गाएर चर्चा कमाएकी उनले हाल यो गीत सार्वजनिक भएपछि स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् ।  'विगतको गीतबाट यस्तै गीत मात्र गाउँछे भन्ने जुन टिप्पणी आएको थियो, त्यसलाई  यो गीतले चिरेको छ', उनले भनिन् ।

माया गर्ने सम्पूर्ण जोडीका लागि यो गीत समर्पित रहेको खत्रीले बताइन्।  गीत उनकै व्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । 
 

प्रकाशित मिति: १७:०६ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्