Kathmandu Press

के सलमानकाे ‘टाइगर ३’मा खलनायक बन्दैछन् इमरान ? 

यशराज फिल्म्सले खलनायकको भूमिकाको लागि फरक अनुहार खोजिरहेको छ । यसैबीच फिल्ममा खलनायकको भूमिकाका लागि इमरान हाशमीलाई फाइनल गरिएको खबर पनि आइरहेको छ । 
के सलमानकाे ‘टाइगर ३’मा खलनायक बन्दैछन् इमरान ? 

काठमाडौं, माघ ३० : सलमान खानको टाइगर ३ लाई लिएर चर्चा चलिरहेको छ । साथै, फिल्ममा खलनायकको भूमिका को हुने भन्ने विषयमा केही बताइएको छैन् ।

यशराज फिल्म्सले खलनायकको भूमिकाको लागि फरक अनुहार खोजिरहेको छ । यसैबीच फिल्ममा खलनायकको भूमिकाका लागि इमरान हाशमीलाई फाइनल गरिएको खबर पनि आइरहेको छ । 

Hardik ivf

टाइम्स अफ इन्डियाका अनुसार यो फिल्मका लागि इमरान फिट हुने यशराज फिल्म्सलाई लागिरहेको छ । यो भूमिकाका लागि उनी परफेक्ट पनि मानिन्छन् । इमरान फिल्ममा हुन्छन् या हुँदैनन् भन्ने आधिकारीक घोषणा भने गरिएको छैन ।  

आगामी मार्च तेस्रो साताबाट सुटिङ सुरु हुने फिल्म मुम्बईमा खिचिने बताइएको छ । इमरान पनि मार्चबाट नै फिल्ममा जोडिनेछन् ।  

२०१२ मा रिलिज भएको फिल्म ‘एक था टाइगर’मा सलमान र कटरीना एकसाथ देखिएका थिए । ब्ल्कबस्टर हिट ‘एक था टाइगर’ले बक्स अफिसमा तीन सय २० करोडको व्यापार गरेको थियो । यस्तै सलमान र कटरीनाकै ‘टाइगर जिन्दा हे’ २०१७ मा रिलिज भएको थियो ।

सलमान र कटरीनाले यसअघि युवराज, पार्टनर, मैने प्यार किया, एक था टाइगर, टाइगर जिन्दा है, भारत आदि फिल्ममा मुख्य भूमिका निभाएका थिए । 

प्रकाशित मिति: १३:१७ बजे, शुक्रबार, माघ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्