‘तिमिसँगै हुने मन छ’मा भारतीय कलाकार रोहित सुचान्ती डेब्यु गर्दै
काठमाडौं, माघ २९ : ओम नम शिवाय प्रोडक्सन ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तिमिसँगै हुने मन छ’मा भारतीय कलाकार रोहित सुचान्तीले अभिनय गर्ने...
काठमाडौं, माघ २९ : ओम नम शिवाय प्रोडक्सन ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तिमिसँगै हुने मन छ’मा भारतीय कलाकार रोहित सुचान्तीले अभिनय गर्ने भएका छन् ।
दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको उक्त फिल्ममा नायिकाको भूमिकामा दीपिका प्रसाईको अभिनय रहने छ । ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखेंगे हम नयाँ’ लगायत टेलिसिरियलमा काम गरेका रोहितले नेपाली फिल्ममा डेब्यु गर्न लागेका हुन्।
चैत महिनादेखि छायाँकन हुन लागेको यस फिल्मको कथावस्तु प्रेमकथामा आधारित रहनेछ । फिल्मका अन्य कलाकारको नाम भने खुलाइएको छैन।
प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












