Kathmandu Press

जब प्रियंकाले बोइफ्रेण्ड दराजमा लुकाइन...

प्रिंयकाले किताबमा एक रमइलो किस्सा पनि सेयर गरेकी छिन् । उनले भनेकी छिन्, ‘जब उनी १० कक्षामा पढ्थिन्, तब उनी बब नामको केटासँग प्रेममा परेकी थिइन् । ती दिनमा प्रिंयका आफ्नो सानीमा किरणसँग अमेरिकामा बस्थिन।’ 
जब प्रियंकाले बोइफ्रेण्ड दराजमा लुकाइन...

काठमाडौं, माघ २९ : बलिउडकी ‘देसी गर्ल’ प्रियङका चोपडा अहिले आफ्नो अटोबायोग्राफी ‘अनफिनिस्ड’ लाई लिएर चर्चामा छिन् ।

प्रियंकाले अनफिनिस्ड’मा पर्सनल र प्रोफेसनल लाइफको सबै कुराको खुलासा गरेकी छिन्। ‘अनफिनिश्ड’मा प्रिंयकाको जीवनका थुप्रै उतारचढावका बारेमा उल्लेख छ । 
 
प्रिंयकाले किताबमा एक रमइलो किस्सा पनि सेयर गरेकी छिन् । उनले भनेकी छिन्, ‘जब उनी १० कक्षामा पढ्थिन्, तब उनी बब नामको केटासँग प्रेममा परेकी थिइन् । ती दिनमा प्रिंयका आफ्नो सानीमा किरणसँग अमेरिकामा बस्थिन।’ 

Hardik ivf

आफ्नो किशोरावस्थाको प्रेम सम्झिँदै प्रियंकाले रमाइलो घटनाको बारेमा बताएकी छिन्– ‘एक दिन बब उनीसँग भेट्न उनको घर आएका थिए, दुबै जना सोफामा बस्दै हात समातेर टिभी हेरिरहेका थिए । त्यतिबेला प्रियंकाले आफ्नो सानीमालाई भ¥याङबाट आउँदै गरेको देखिन, तब उनी एकदम अलमलमा परिन र बबलाई दराजमा लुकाइन् । ’

सानीमाले घरका सबै ठाउँमा ध्यानपूर्वक हेर्नुभयो। म बायोलोजीको किताब लिएर आफ्नो बेडमा बसेकी थिएँ । त्यतिबेला सानीमालाई लाग्यो म पढिरहेकी छु।  मेरो अगाडि आएर सानिमाले भन्नुभयो– यसलाई खोल । मैले भनेँ– के खोल्नु रु सानीमाले फेरि भन्नुभयो– दराज खोल । मैले योभन्दा अघि सानीमालाई यति धेरै रिसाएको देखेकी थिइन् । 

सानिमाको अगाडि डरले म काँपिरहेकी थिएँ, मैले दराज खोलेँ, सामुन्ने बब थियो । यो देखेर सानीमाले ममीलाई फोन गर्दै भन्नुभयो– मैले उनीसँग झुठो बोलेँ र मेरो दराजबाट केटा निस्क्यो । उहाँले ममीलाई कुरा लगाइदिनुभयो ।
 
त्यसपछि प्रियंका भारत फर्किइन् । त्यहाँ उनले मिस वर्ल्ड प्रतियोगितामा भाग लिइन् र  मिस वल्र्डको ताज पनि आफ्नो पोल्टामा पारिन् । अहिले प्रियंका बलिउड देखि हलिउडसम्म चर्चित छिन् । एजेन्सी

प्रकाशित मिति: १७:२७ बजे, बिहीबार, माघ २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्