Kathmandu Press

पल्सर स्पोर्टस् अवार्ड असार १७ मा 

काठमाडौं, जेठ १२ : नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)को पल्सर स्पोर्टस् अवार्डको १६ औँ संस्करण आगामी असार १७ गते हुने भएको छ।

मञ्चले ....

पल्सर स्पोर्टस् अवार्ड असार १७ मा 

काठमाडौं, जेठ १२ : नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)को पल्सर स्पोर्टस् अवार्डको १६ औँ संस्करण आगामी असार १७ गते हुने भएको छ।

मञ्चले आइतबार पत्रकार सम्मेलन गरी १६ औं संस्करणको पल्सर स्पोर्टस् अवार्डको मिति सार्वजनिक गरेको हो। काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा हुने अवार्ड कार्यक्रममा यस वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवाड, लाइफटाइम एचिभमेन्ट अवाड, टिम अफ द इयर र इन्टरनेशनल एशियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड प्रदान गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए।

वर्ष खेलाडी महिला र पुरुष, युवा, प्रशिक्षक, पिपल्स च्वाइस र स्पेसल अवार्डका लागि खेलाडीको मनोनयन छिट्टै सार्वजनिक गरिने पनि ओलीले बताए।  लाइफटाइम, पारा र टिम अफ दि इयरको अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिने छ। वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। 

मञ्चले अवार्डका मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँग आइतबारै सम्झौता नवीकरण पनि गरेको छ। मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र हंशराजतर्फबाट अभिमन्यू गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार हंशराज हुलासचन्दले मञ्चलाई साढे २८ लाख रुपैयाँ बराबरको नगद र जिन्सी सामान उपलब्ध गराउनेछ।
 

प्रकाशित मिति: १६:१० बजे, आइतबार, जेठ १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्