अस्करमा एकताको बिट्टू
स्कुल जाने दुई बच्चाको मित्रताको कथा भन्ने ‘बिट्टू’लाई करिश्मा देव दुवेले निर्देशन गरेकी हुन् । फिल्ममा सौरभ सरास्वत, रेनु कुमारी र कृष्ण नेगीले अभिनय गरेका छन् ।
काठमाडौं, माघ २८ : निर्देशक तथा निर्माता एकता कपुरको सर्ट पिल्म ‘बिट्टू’ अस्कर अवार्डका लागि छनोट भएको छ । एकताले ताहिरा कश्यप र गुनीत मेगासँग मिलेर निर्माण गरेको सर्ट फिल्म ‘बिट्टु’ ‘फिल्म लाइभ एक्शन’ विधामा नोमिनेशनमा परेको हो ।
स्कुल जाने दुई बच्चाको मित्रताको कथा भन्ने ‘बिट्टू’लाई करिश्मा देव दुवेले निर्देशन गरेकी हुन् । फिल्ममा सौरभ सरास्वत, रेनु कुमारी र कृष्ण नेगीले अभिनय गरेका छन् । यअसघि यो फिल्म १८ फिल्म फेस्टिबलमा प्रदर्शन गरिसकिएको छ । ९३औं अस्करमा यो विधानमा बिट्टूले अन्य ९ फिल्मसँग प्रस्पिर्धा गर्ने छ ।
फिल्म अस्करका लागि छानिएपछि एकता कपुर र ताहिरा कश्यपले सामाजिक सञ्चारमार्फत खुसी व्यक्त गरेका छन् । ताहिराले लेखेकी छन्, ‘बिट्टू एकेडेमी अवार्डको नोमिनेशनमा परेको छ। खुसीको यो क्षणमा म चुप कसरी रहनसक्छु ? उदाउँदै गरेका भारतीय महिलाको विषयमा यो हाम्रो पहिलो प्रोजेक्ट हो । याे हाम्रा लागि एकदमै विशेष छ ।’
पुरै टिमले यो प्रोजेक्टको लागि निकै मेहनत गरेकाले अस्करमा ‘बिट्टू’ले धेरै भोट पाउने विश्वास एकताले व्यक्त गरेकी छिन् ।
बिट्टू अस्करको नोमिनेशनमा परेपनि अर्को भारतीय फिल्म जिल्लीकट्टु भने नोमिनेशनमा पर्न असफल भयो । मलायालम भाषाको जिल्लीकट्टु इन्टरनेशनल फिचर फिल्म विधाको प्रस्पिर्धामा थियो ।












