Kathmandu Press

ऋचासँगै चार कलाकार ‘वर्ल्ड बुक अफ रेकर्ड्स’बाट सम्मानित

काठमाडौं, जेठ १२ : भर्सटाइल अभिनेत्री ऋचा शर्मा ‘वर्ल्ड बुक अफ रेकर्ड्स’बाट सम्मानित भएकी छिन्।

हरेक फिल्ममा भिन्न, च्यालेन....

ऋचासँगै चार कलाकार ‘वर्ल्ड बुक अफ रेकर्ड्स’बाट सम्मानित

काठमाडौं, जेठ १२ : भर्सटाइल अभिनेत्री ऋचा शर्मा ‘वर्ल्ड बुक अफ रेकर्ड्स’बाट सम्मानित भएकी छिन्।

हरेक फिल्ममा भिन्न, च्यालेन्जिङ र सार्थक चरित्र चित्रण गर्ने उनलाई भर्सटाइल अभिनेत्रीको रुपमा सम्मानित गरिएको हो। उनले नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरिएको वर्ल्ड बुक अफ रेकर्ड्सले जनाएको छ।

Hardik ivf

त्यस्तै, वरिष्ठ कलाकार भुवन चन्दलाई लामो समयदेखि कलाकरितामार्फत नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मानित गरिएको छ भने अभिनेत्री करिश्मा मानन्धरलाई ‘एभर ग्रिन वान अफ द मोस्ट लभ्ड एक्ट्रेस’ सम्मान प्रदान गरिएको छ।

यसैगरी मोडल श्रेया कार्कीलाई ‘योङ्ग एन्ड अस्पायरिङ’ सम्मान प्रदान गरिएको छ।

अभिनेत्री शर्माले सम्मान प्राप्त गरेकाेमा खुशी व्यक्त गरिन्। नेपाली कलाकारलाई पहिलाे पटक याे सम्मान प्रदान गरिएकाे हाे।

‘यस्तो अन्तर्राष्ट्रिय पदकबाट सम्मानित हुनु भनेको प्रेरणादायक कुरा हो,’ उनले भनिन्, 'सुरूआत हामीबाट भएपनि अझै धेरै कलाकारहरू, निर्देशकहरू छन् जसले नेपाली फिल्म क्षेत्रको प्रमोशनमा लागिरहेका छन् र यो सम्मानको हकदार पनि हुनुहुन्छ।’

लन्डनमा रहेको वर्ल्ड बुक अफ रेकर्ड्सले एसियातिर आफ्नो दायरा बढाउन खोजेको छ। जसका क्रममा नेपाली अभिनेत्रीहरूलाई सम्मानित गरेको हो। अब अन्य कलाकारलाई पनि सम्मानित गरिने जनाइएको छ।

प्रकाशित मिति: १४:०९ बजे, आइतबार, जेठ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्