नेपाल यूएईसँग ३ विकेटले पराजित
काठमाडौं, माघ ११ः नेपाल र यूएईबीच आज सम्पन्न पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा यूएईले नेपाललाई ३ विकेटले हराएको छ ।
नेपालले बनाएको ११३ रनको जवाफमा यूएईले ....

काठमाडौं, माघ ११ः नेपाल र यूएईबीच आज सम्पन्न पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा यूएईले नेपाललाई ३ विकेटले हराएको छ ।
नेपालले बनाएको ११३ रनको जवाफमा यूएईले ७ विकेटको क्षतिमा ११६ रन हानेर तीन खेलको सिरीजमा पहिलो जित निकालेको हो ।
नेपालले यसअघि सबै विकेट गुमाएर जम्मा ११३ रन मात्र बनाउन सकेको थियो । तर, नेपाली बलरहरुले कसिलो बलिङ गरेर केही आशा जगाए पनि अन्ततः नेपालले हार बहोर्नु पर्यो ।
यूएईका लागि गुलाम शाब्बरले ३० र अमिर हायातले २४ रन बनाए भने नेपालका करन के.सी., पारस खड्का र सन्दिप लामिछानेले दुई दुई विकेट लिएका थिए ।
यसअघि, नेपाल सस्तैमै समेटिएको थियो । यूएईमा भइरहेको खेलमा नेपालको ब्याटिङ जम्न सकेन । बारम्बार धर्मराउने गरेको नेपालको ब्याटिङ लाइन अप आज फेरी कमजोर सावित भएको छ ।
नेपालले शुरुआत नै राम्रो गर्न सकेन । नेपालले पहिलो विकेट एक रनमा नै गुमाएको थियो । ज्ञानेन्द्र मल्ल शून्यमा आउट भएका थिए ।े उनी पछि आएका विनोद भण्डारी, पारस खड्का र दिलिप सिंह ऐरी पनि सस्तैमा आउट भएका थिए भने त्यसपछि आएकाहरु पनि यूएईको बलिङ बिरुध्द टिक्न सकेनन् ।
नेपालका लागि अलराउण्डर सोमपाल कामीले सबैभन्दा धेरै ३० रन बनाउन सके भने आरिफ शेखले २५, कप्तान पारसले २० रन र सन्दिप लामिछानेले १५ रन बनाए ।
यूएईको तर्फबाट मोहम्मद नविद र अमिर हयातले ३, ३ विकेट लिए भने इमरान हैदरले २ विकेट लिए ।
(अपडेट)











