बलिउड अभिनेता राजीव कपुरको निधन
काठमाडौं, माघ २७ : बलिउड अभिनेता राजीव कपुरको आज निधन भएको छ । उपचारका क्रममा अस्पतालमै कपुरको निधन भएको हो ।हृदयघात भएकाले उनलाई...
काठमाडौं, माघ २७ : बलिउड अभिनेता राजीव कपुरको आज निधन भएको छ । उपचारका क्रममा अस्पतालमै कपुरको निधन भएको हो ।
हृदयघात भएकाले उनलाई आजै अस्पताल लगिएको थियो ।
कपुरले ‘एक जान है हम’बाट चलचित्रमा डेब्यु गरेका थिए । उनले आसमान, लभर ब्वाइ, जबर्जस्त, हम तो चले पर्देसलगायत चलचित्रमा काम गरेका छन् ।
प्रकाशित मिति: १४:३४ बजे, मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












