‘चुरीफुरी’का कलाकार सार्वजनिक, अभिषेकको डेब्यु
काठमाडौं, माघ २६ : ‘चुरीफुरी’ चलचित्रमा को–को छन् त कलाकार ? त्यो कुरा अन्ततः खुलासा भएको छ । अभिनेता र अभिनेत्री गोप्य राखेर पुस अन्तिमबाट...काठमाडौं, माघ २६ : ‘चुरीफुरी’ चलचित्रमा को–को छन् त कलाकार ? त्यो कुरा अन्ततः खुलासा भएको छ । अभिनेता र अभिनेत्री गोप्य राखेर पुस अन्तिमबाट सुटिङ थालिएको फिल्मबाट चर्चित युवा मोडल अभिषेक श्रेष्ठले ठूलो पर्दामा डेब्यु गरेका छन् ।
ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशन रहेको फिल्ममा अभिषेकका साथमा नवप्रतिभाहरु–पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेत रहेका छन् ।
समसामयिक विषयमा हास्यप्रदान प्रस्तुति रहेको फिल्ममा नयाँ कलाकारका साथमा फिल्म तथा टेलिभिजनका चर्चित कलाकर्मीहरु–रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ तथा ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मि आचार्य, सरिस्मा मगरलगायतले अभिनय गरेका छन् ।
नयाँ कलाकारहरु अडिसनबाट चयन गरिएको निर्देशक आचार्यले बताएका छन् । उनका अनुसार ‘चुरीफुरी’ को अडिसनमा करिब ८ सय युवायुवतीले प्रतिस्पर्धा गरेका थिए ।
आरबी मुभिजको ब्यानरमा निर्देशक आचार्य स्वयं र रिना ढकाल निर्माता रहेको फिल्मको सहनिर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् ।
राहुल राईले खिचेको फिल्ममा भीमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत छ । नवीन निरौलाले सम्पादन गर्ने फिल्मको सुटिङ अन्तिम चरणमा पुगेको बताइएको छ












