ओबामाले तेन्जिङ नोर्गेको जीवनीमा फिल्म बनाउँदै
काठमाडौं, माघ २५ : नेपालका प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गेको जीवनीमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले फिल्म बनाउने भएका छन्।ओबामाको आफ्नै कम्मनी हाइअर ग्राउन्डस्...
काठमाडौं, माघ २५ : नेपालका प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गेको जीवनीमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले फिल्म बनाउने भएका छन्।
ओबामाको आफ्नै कम्मनी हाइअर ग्राउन्डस् प्रडक्सनले नेटफ्लिक्ससँग मिलेर तेन्जिङको जीवनीमा फिल्म बनाउन लागेको हो। उनको जीवनीको साथमा उक्त्तः प्रडक्सनले ६ वटा फिल्म तथा सिरिज बनाउने भएको छ।
‘तेन्जिङ’ नाम दिइएको उक्क्त फिल्म पुस्तक ‘तेन्जिङ हिरो अफ एभरेस्ट’ आधारित रहने छ। फिल्मलाई जेनिफर पेडमले निर्देशन गर्ने भएकी छन्। सन् १९५३ मा तेन्जिङले एडमन्ड हिलारीसँग पहिलो पटक सागरमाथा आरोहण गरेका थिए।
यस फिल्मको कथावस्तु लेखन अष्टे«लियन लेखक लुक डेभिसको रहेको छ। अमेरिकामा बस्दै आएका तेन्जिङका छोरा नोर्बु तेन्जिङ नोर्गेको पनि उक्क्त फिल्म निमार्णमा सहयोग गर्ने भएका छन्।
प्रकाशित मिति: १६:३५ बजे, आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












