कथाले माग्या थिएन
त्यो रूपाको आत्महत्याको प्रयासको खबर थियो । बिहान केही अनलाइन हेर्नेबित्तिकै थाहा पाएँ– त्यो खबरलाई सनसनीपूर्ण ढंगले पस्किइएको थियो । कुनै हेडिङ बिकाउयोग्य थियो, कुनै सामान्य।त्यो उदासको हाँगामा अल्झिएको दिन थियो।
बिहानदेखि नै बेचैन थिएँ म । मन थियो, पूरै अशान्त र अस्थिर । एकाबिहानै अप्रत्याशित रूपले सुनेको त्यो खबरले मन–मस्तिष्कले बेचैनी ग्रहण गर्नु स्वाभाविकै थियो।
त्यो रूपाको आत्महत्याको प्रयासको खबर थियो । बिहान केही अनलाइन हेर्नेबित्तिकै थाहा पाएँ– त्यो खबरलाई सनसनीपूर्ण ढंगले पस्किइएको थियो । कुनै हेडिङ बिकाउयोग्य थियो, कुनै सामान्य । समाचारमा रूपाले औषधिको बढी डोज खाएर आत्महत्याको प्रयास गरेकी कुरा उल्लेख थियो । धेरै औषधि सेवन गरेपछि बेहोस भएकी उनलाई राति नै अस्पताल पुर्याइएको रहेछ।
मेरा पाइला अस्पतालतिर सोझिए । तीव्र आवेग र गति सम्हाल्दै । अस्पतालको प्रांगणमा पुग्दा उनका केही आफन्त र शुभचिन्तक आइसकेका रहेछन् । मलिन देखिन्थे, सबैका अनुहार । अस्पतालको एउटा कुनामा भने केही टेलिभिजन–पत्रकारहरू कुँडुलो लागेर बसेका थिए । सायद उनीहरू त्यो समाचारलाई कसरी सनसनीपूर्ण बनाउन सकिन्छ भनेर मरमसला जुटाउँदै थिए।
‘के भो अकस्मात ?’ मैले रूपाको भाइलाई सोधेँ । उनी अस्पतालको दक्षिणतिरको सानोतिनो बगैँचाको बगलमा निन्याउरो अनुहार बनाएर उभिइरहेका थिए।
‘धेरै औषधि सेवन गर्नुभएछ, दिज्युले,’ भाइले यति मात्रै भने।
‘कस्तो छ अहिले ?’ केही हडबडाउँदै सोधेँ मैले।
‘ठीकै छ अहिले । आइसियूमा राखिएको छ,’ भाइले भने, ‘डाक्टरहरूले आत्तिनुपर्दैन भनेका छन् । कसैलाई पनि भेट्न दिएका छैनन्।’
‘किन यस्तो गरी रूपाले ?’ मैले लामो निःश्वास छाड्दै भनेँ।
‘केही दिनदेखि बेचैन देखिनु भा’थ्यो । कुनै समस्यामा परेजस्तो हाम्लाई पनि लागिरहेको थियो । आखिर, यस्तो हुनु रहेछ,’ भाइले नजिकैको बगैँचातिर हेर्दै भने । हावाको स्पर्शबाट केही फूलका बोटहरू निरन्तर रूपमा हल्लिइरहेका थिए।
केही क्षण म अस्पतालमा टहलिएँ । आइसियूमा राखिएको रूपालाई भेट्न दिने सम्भावना थिएन । सामान्य अवस्थामा फर्किएपछि अस्पतालमा आउने सोच बनाएर म फर्किएँ।
फर्किंदै गर्दा मन–मस्तिष्कभरि रूपाका रूपाकृति झलझली आइरह्यो, मनभरि–मस्तिष्कभरि । उनीसँग गाँसिएका विगत–प्रसंगले मलाई बिथोलिरह्यो÷अल्झाइरह्यो।
००
त्यो समय म डिल्लीबजारमा बस्थेँ, दुइटा कोठा लिएर । कोठा थिए, फराकिला नै । मसँगै मेरा बालसखा प्रदीप पनि बस्थे । मेरो कोठा साहित्य, संगीत, कला क्षेत्रमा प्रतिभा निखार्दै आएका सर्जकका अखडा नै थियो । एकदिन भने प्रदीपसँगै एक अपरिचित युवाको पाइला प¥यो, मेरो कोठामा।
‘म अहिले फिल्महरूको स्क्रिप्ट लेखिरहेको छु ।’ उनी थिए, सञ्जय।
त्यो रूपाको आत्महत्याको प्रयासको खबर थियो । बिहान केही अनलाइन हेर्नेबित्तिकै थाहा पाएँ– त्यो खबरलाई सनसनीपूर्ण ढंगले पस्किइएको थियो । कुनै हेडिङ बिकाउयोग्य थियो, कुनै सामान्य । समाचारमा रूपाले औषधिको बढी डोज खाएर आत्महत्याको प्रयास गरेकी कुरा उल्लेख थियो । धेरै औषधि सेवन गरेपछि बेहोस भएकी उनलाई राति नै अस्पताल पुर्याइएको रहेछ।
‘तपाईंले स्क्रिप्ट लेखेको कुनै फिल्म...?’
‘छैन, रिलिज भएको अहिलेसम्म । तर, यो वर्ष भने दुइटाजति रिलिज हुन्छन् पक्कै,’ सञ्जयले भने, ‘केही वर्ष स्क्रिप्ट लेख्छु । त्यसपछि त निर्देशन नै गर्छु । निर्देशन गरियो भने आफूले सोचेजस्तो फिल्म बनाउन पाइन्छ।’
त्यो दिनदेखि कोठामा सञ्जयको आगमन बाक्लिँदै जान थाल्यो । हामीबीच घन्टौँ अनेक विषयमा कुरा हुन्थ्यो । राजनीति, साहित्य, कलात्यादि विषयमा । तर, अधिकांश समय भने फिल्मकै विषयमा खर्च हुन्थ्यो।
एकदिन सञ्जयले खुसीको खबर सुनाउँदै भने, ‘यो वर्ष मैले एउटा फिल्मको निर्देशन गर्ने भएँ । लगानी गर्ने मानिस पनि फेला पारेँ । अबको केही दिनपछि म स्क्रिप्ट लेख्न व्यस्त हुनेछु।’
मैले उनको कुरा सुनिरहेँ।
फेरि सञ्जयले भने, ‘बरु मलाई एउटा सहयोग गर्नुस् न । मैले एउटी हिरोइनको खोजी गरिरहेको छु । पूरै ग्रामीणवाला । छलकपट केही नभएकी । निश्चल । अभिनयमा पोख्त हुनुपर्छ भन्ने छैन । हामी कार्यशाला सञ्चालन गर्नेछौँ, कलाकारहरूका लागि... ।’
‘कलाकारहरू त अनुहार चिनिएकाभन्दा नचिनिएकालाई नै बनाउँदा राम्रो हुन्छ । नयाँ कलाकारका अभिनयमा कुनै बनावटीपन झल्किँदैन । रियल कुरा आउँछ । त्यो क्याराभानकै कलाकारलाई हेरौँ न । कहिल्यै फिल्म नहेरेका, फिल्म भनेको कस्तो हुन्छ भन्ने थाहा नपाएकाहरूले कति जीवन्त अभिनय गरेका भन्या,’ मैले भनेँ।
त्यही समय मेरो दिमागमा जबर्जस्ती उभिएकी थिइन्– रूपा । पूरै ग्रामीण कन्या, १७–१८ वर्षकी । नाच्नमा पारङ्गत । काठमाडौंमा उच्च अध्ययन गर्न आउँदा भेटेका उनले मसँग एकदिन प्रसंगवश भनेकी थिइन्, ‘दाइ, तपाईंको त कला क्षेत्रका मान्छेहरूसँग राम्रो सम्बन्ध छ । तपाईंलाई थाहै छ, म सानै उमेरदेखि कला भनेपछि हुरुक्कै हुने मान्छे । मेरो लागि केही पहल गरिदिनुस् न।’
एउटै गाउँका थियौँ, हामी । उनको कला–क्षमता र रुचिप्रति म अनभिज्ञ थिइनँ । गाउँमा नाटक मञ्चन हुँदा उनले देखाएको अभिनय क्षमता मलाई राम्ररी याद थियो।
मैले सञ्जयलाई भनेँ, ‘ए, एउटी बैनी छे । ग्रामीण युवतीको प्रतिविम्ब झल्किने पात्रको खोजीमा हुनुहुन्छ भने एकपटक ती बैनीलाई पनि हेर्नुस् न । उनले अभिनयमा रुचि पनि देखाएकी छन् । म कुरा गरुँ?’
‘हुन्छ ।’ सञ्जयले स्वीकृति जनाए।
रूपा मुख्य–नायिकामा अनुबन्धित भइन् । त्यो फरक विषयवस्तुको फिल्म थियो । नेपाली समाजमा विद्यमान जातीय विभेद र छुवाछुतले कोरेको रेखा–रेसालाई राम्ररी नै रेखाङ्कन गर्ने खोजिएको थियो, फिल्ममा । जातीय विभेदलाई आधार बनाएर पूर्ववर्ती समयमा फिल्म नबनेका होइनन् तर सञ्जयले निर्देशन गरेको फिल्म भने जातीय विभेद र छुवाछुतको मूल काण्डमा नै बञ्चरो प्रहार गर्ने कथावस्तुमा उभिएको थियो।
००
‘डेब्यु नै राम्रो फिल्ममा गर्नु भो, कस्तो लागिरहेको छ?’
‘अत्यन्त एक्साइटेड छु।’
‘पहिलोपटक क्यामराको फेस गर्न कत्तिको गाह्रो भो?’
‘त्यस्तो त जो–कोहीलाई पनि भै’हाल्छ नि।’
‘यो फिल्मबाट तपाईंले कस्तो अपेक्षा गर्नुभएको छ?’
‘यो फिल्मले राम्रो चर्चा पाउने छ र दर्शकहरूले पनि रुचाउनु हुनेछ भन्ने मलाई विश्वास छ।’
‘दर्शकहरूलाई के भन्न चाहनुहुन्छ?’
‘हाम्रो फिल्म हेरिदिनुस् । कलाकारहरूलाई माया गरिदिनुस् भन्न चाहन्छु।’
कुमारी हलको त्यो प्रांगण । अनगिन्ती क्यामरा रूपातिर सोझिएका थिए । त्यो रूपाले अभिनय गरेको फिल्मको प्रिमियर–सो थियो । उनी केही पत्रकारसँग सवालजवाफमा व्यस्त थिइन् । म भने फिल्म हेरिसकेपछि एउटा कुनामा उभिएर रूपा र पत्रकारबीच चालू अन्तक्र्रियालाई नियालिरहेको थिएँ।
पत्रकारहरूको घेराबाट उनी मुक्त भएपछि म उनको नजिक पुगेँ र भनेँ, ‘ल, बधाई छ रूपा । फिल्म हेरेँ मैले । तिम्ले राम्रो अभिनय गरेकी रहेछौ । मलाई तिम्ले आफ्नो रोललाई न्याय गर्न सक्छौ जस्तो लागेको थियो।’
‘थ्यांक्यू दाइ । तपाईंकै कारण मैले यत्रो मौका पाएँ ।’ बोल्दाबोल्दै उनको गला अवरुद्ध भयो । आँखाबाट एकाध थोपा आँसु पनि खसालिन् । त्यो उनले खुसीमा खसालेकी आँसु थियो।
त्यस दिनपछि उनको जीवन–यात्राले अकल्पनीय मोड र घुम्तीहरू छिचोल्दै गयो । नेपाली फिल्म क्षेत्रमा उनी दिन प्रतिदिन शिखरतिर उक्लिँदै गइन् । उनको त्यो उक्लाई सानातिना हिमालहरू आरोहण गरेर पारंगत भएपछि सर्वोच्च शिखर आरोहण गर्ने प्रकृतिको थियो।
रूपा फिल्म क्षेत्रमा व्यस्त हुन थालिन् । उनको प्रसिद्धि र चर्चा दिनानुदिन चुलिँदै गयो । उनी यति धेरै व्यस्त हुन थालिन्, कुनै दिन पनि खाली बस्नु पर्दैनथ्यो । अर्थात्, उनको डेट र क्यालेन्डर खाली हुन पाएनन् । निर्माता–निर्देशक उनलाई आफ्नो फिल्ममा साइन गराउन लालायित रहन थाले । उनलाई फिल्ममा खेलाए फिल्मले व्यावसायिक सफलताको ग्यारेन्टी दिनेमा कुनै दुईमत देखिँदैनथ्यो । किनकि, उनले खेलेका हरेक फिल्मले निर्मातालाई घर–जग्गा डुबाउनुपर्ने परिस्थिति सिर्जना भएको थिएन।
त्यो साँझ म आफूलाई टेलिभिजनको पर्दामा केन्द्रित तुल्याउँदै थिएँ । टेलिभिजन खोल्दा विज्ञापनहरूको बाढी उर्लिरहेको थियो । विज्ञापनको प्रवाह रोकिएपछि एउटा कार्यक्रम प्रसारित भयो । खुसी लाग्यो, त्यो कार्यक्रम पूर्णतः मनोरञ्जनात्मक थियो र त्यो दिन रूपासँगको कुराकानी राखिएको रहेछ । धेरै दिनपछि टेलिभिजनको पर्दामा आफ्नै चेलीलाई देख्न पाउँदा म प्रफुल्ल भएँ।
‘तपाईंले आफ्नो ट्र्याक छोड्नुभयो भनिन्छ नि?’
‘कसरी?’
‘त्यस्तो राम्रो कथानक भएको फिल्मबाट डेब्यु गर्नुभयो । सबैले तारिफ गरे । तर, अचेल तपाईंले खेल्ने फिल्म भने...।’
‘के भन्न खोज्नु भा ? प्रस्ट भन्नुस् न।’
‘तपाईंले आफ्नो पछिल्लो फिल्म ‘एक रातको जीवन’मा जसरी आफूलाई प्रदर्शित गर्नुभयो, त्यसको सर्वत्र चर्चा छ । के कलाको नाममा शरीरको अंगहरू प्रदर्शन गर्नु उचित हो?’
‘तपाईंले कला क्षेत्र बुझ्नु भा’छैन कि क्या हो ? अझ फिल्म क्षेत्र त पूरै ग्यामर्स क्षेत्र । कथाले मागेपछि हामीले त्यही अनुरूप अभिनय गर्नुपर्छ।’
‘के अंग प्रदर्शन हरेक फिल्मका हरेक कथाले माग्छन् ?’
‘कथाले मागेपछि दिनुपर्छ।’
‘तपाईंका पछिल्ला फिल्महरू यस्ता छन् कि, परिवारका सदस्य एकै ठाउँमा बसेर हेर्न सक्दैनन् । तपाईंचाहिँ आफ्ना हरेक फिल्मका अंग प्रदर्शन, उत्तेजक दृश्यहरूलाई केवल कथाले मागेको भनेर स्पष्टीकरण दिँदै हुनुहुन्छ । यो त कलाको नाममा नग्नताको व्यापार होइन र?’
‘के हो नग्नता भनेको ? तपाईंले मलाई नग्नताबारे नसिकाउनुस् । नग्नता हेर्नेहरूका आँखामा हुन्छ । हेर्नुस्, हामी कला क्षेत्रका मान्छे हौँ । हामीले आफ्नो कला बेच्ने हो । कला बेचेर नै हामी बाँचिरहेका छौँ । कथाले मागेपछि हामीले त्यही अनुसार आफ्नो कला देखाउनुपर्छ।’
‘तर... ।’ कार्यक्रम–प्रस्तोता र रूपाबीचको संवाद निकै गर्माउँदै गइरहेको थियो । रूपासामु कार्यक्रम–प्रस्तोता पूरै निरीह सावित हुँदै थिए।
‘के कला भनेको बजारमा बेच्न राखिएको कुनै चम्किलो वस्तु हो ? जसलाई तत्काल बेच्न सकियोस् र तुरुन्तै नाफा कमाउन सकियोस् ?’ कार्यक्रम–प्रस्तोताले सोधे।
‘कला, बजारमा बेच्न राखिएको कुनै वस्तुभन्दा फरक छैन । तपाईंले बजारमा जुन चिज बेच्न सक्नुहुन्छ, त्यो वस्तु बेचेर नाफा कमाउन सक्नुहुन्छ, आखिर तपाईंले नै बाजी मार्नु हुन्छ । के हामी यो बजारभन्दा पृथक् भएर सोच्न सक्छौँ ?’ रूपाले निकै दह्रो जवाफ दिइन् ।
‘कलाको नाममा नग्नताको व्यापार कति उचित हो ?’
‘कथाले मागेपछि...।’
‘के त्यो फिल्मको त्यो दृश्य पनि कथाले माग्या’थ्यो ?’
‘अवश्य।’
विज्ञापन प्रसारण हुन थाल्यो । मैले रूपाको पछिल्लो रूपाकृतिलाई टेलिभिजनको पर्दामार्फत नियाल्न पाएँ । त्यही समय मैले च्यानल परिवर्तन गरेँ।
००
जब निदाउँछु म, अनेक सपनासँग साक्षात्कार गर्ने गर्छु।
सपनामा अनेक व्यक्ति आउँछन् । त्यसमा कोही सम्माननीय हुन्छन्, कोही अपमानीय । सायद, सपना मात्र एउटा यस्तो डगर हो, जहाँ सज्जन, दुर्जन दुवै प्रकृतिका अनुहारले टेकेका पदचापहरूका आवाज सुन्न सकिन्छन्, नियाल्न सकिन्छन् । उनीहरूसँगका उठबसलाई रेखाङ्कित गर्न सकिन्छ।
त्यो रातको सपनामा भने मसँगै थिइन्, रूपा पनि । उनी गाउँकै तिनै निर्दोषबालामा मसामु उपस्थित भएकी थिइन् । निर्दोष, निश्चल मुहार प्रदर्शन गर्दै थिइन् मसामु।
सपनाले मोड बदल्यो।
गाउँकी सुन्दर बाला रूपा मेरो सामु पूरै आधुनिक साजसज्जा र शैलीमा प्रस्तुत भएकी थिइन् । उनको कपालमा कुनै रंगीचंगी रिबन फर्फराइरहेको थिएन । जुन रिबन उनको निश्चलताको प्रतिक थियो । बरु उनको कपाल त अर्कै रङमा सजिएको थियो । पूरै उत्तरआधुनिक साजसज्जामा।
सपना अनौठो थियो । म टेलिभिजनको कार्यक्रम–प्रस्तोता थिएँ र रूपा चाहिँ मेरो अतिथि।
मैले सोधेँ, ‘तिम्ले त्यो फिल्ममा जुन दृश्य फिल्मांकन गरेकी थियौ । के त्यो कथाले मागेको थियो ?’
‘थिएन । त्यो कथाले माग्या थिएन।’
‘तिम्ले त्यो दृश्य...?’
‘अहँ, कथाले माग्या थिएन।’
म एकाएक उत्तेजित भएँ र उनलाई सोधेँ, ‘कथाले माग्या थिएन भने कसले मागेको थियो त त्यस्ता दृश्यहरू ? जब तिम्लाई पानीबाट निकाल्दा...के भन्ने खै ? तिमी पूरै नांगिएकी थियौ।’
‘त्यो कथाले माग्या थिएन ।’ रूपा गम्भीर देखिइन् र भन्न थालिन्, ‘त्यो त्यही फिल्मको निर्माताले माग्या थियो, निर्देशकले माग्या थियो । बजारले माग्या थियो । कथाले भन्दा बढी बजार, निर्माता, निर्देशकहरूले माग्दा रहेछन्।’
‘कथाले नमाग्दा नमाग्दै पनि?’
‘म भन्न बाध्य छु, कथाले मागेजति मैले गरेको हुँ । आखिर किन कथाले माग्छ, जसमा हामी नग्न हुनुपर्छ, हामीलाई वस्त्रविहीन बनाइन्छन्।’
‘के कथाले माग्या थिएन ?’ मैले यो प्रश्न रूपासामु एकपटक मात्र होइन, धेरै पटक सोधेँ । अनगिन्तीपटक सोधेँ । उनी निरुत्तर देखिइन्।
००
रूपालाई सम्झिँदै अस्पतालबाट फर्किएर घर आइसकेको रहेछु । घरभित्र छिर्दाछिर्दै मैले आफूलाई त्यही एउटा प्रश्नले घेरिइरहेको पाएँ, ‘के कथाले केही माग्या थिएन त?’
म अनुत्तरित हुँदै घरभित्र छिरेँ।