Kathmandu Press

आठ वर्षपछि आउँदै ऐतिहासिक फिल्म ‘कीर्तिपुर’

काठमाडौं, जेठ १० : ऐतिहासिक कथामा आधारित फिल्म ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ आठ वर्षपछि असार १३ गते रिलिज हुने भएको छ।

<....
आठ वर्षपछि आउँदै ऐतिहासिक फिल्म ‘कीर्तिपुर’

काठमाडौं, जेठ १० : ऐतिहासिक कथामा आधारित फिल्म ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ आठ वर्षपछि असार १३ गते रिलिज हुने भएको छ।

बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यास ‘भैरव सि‌ंह’लाई निर्देशक प्रदीप खड्गीले फिल्ममा उतारेका हुन्।

Hardik ivf

यस फिल्मले रानी कीर्तिलक्ष्मीको सौर्य र साहसको कथा बताउने जनाएको छ। यसमा राजतन्त्र र दरबारको जीवनशैलीलाई पनि देखाउन खोजिएको छ।

केही दिन अगाडि रिलिज भएका फिल्मका पोस्टर पनि इतिहासको झल्को दिन्छ।

फिल्ममा यसराज गरच, मदन दास श्रेष्ठ, सुरविर पण्डित, लक्ष्मी गिरीलगायतका कलाकरको अभिनय रहेको छ।

आठ वर्षको लामो यात्रापछि फिल्म रिलिज हुन लागेको हो। यसमा दुई वर्ष पृथ्वीनारायण शको लागि उपयुक्त क्यारेक्टरको खोजीमा पर्खिएको जनाएको छ। त्यस्तै, दुई वर्ष सुटिङ र दुई वर्ष सम्पादनमा खर्चिपछि अहिले आएर सेन्सरबाट पास भएको हो।

यो फिल्मलाई दर्शकले माया गर्ने अभिनेता यसराज गरचको विश्वास छ।
यो फिल्म वीरेन्द्र ताम्राकार, प्रेम खड्गी र अनन्त श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन्।

प्रकाशित मिति: १५:४५ बजे, शुक्रबार, जेठ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्