Kathmandu Press

नेटफ्लिक्स श्रृंखलामा नेपालका सौरियन सापकोटा

काठमाडौं, माघ २२ : नेटफ्लिक्सको आगामी नयाँ हरर श्रृंखला ‘द मिडनाइट क्लब’ मा नेपाली कलाकार सौरियन सापकोटा खेल्ने भएका छन्। यो श्रृएखला ‘क्रिस्टोफर...
नेटफ्लिक्स श्रृंखलामा नेपालका सौरियन सापकोटा

काठमाडौं, माघ २२ : नेटफ्लिक्सको आगामी नयाँ हरर श्रृंखला ‘द मिडनाइट क्लब’ मा नेपाली कलाकार सौरियन सापकोटा खेल्ने भएका छन्। यो श्रृएखला ‘क्रिस्टोफर पाइक’को उपन्यासमा आधारित छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम भेराइटीका अनुसार यो श्रृंखला १० इपिसोडको हुनेछ। एक धर्मशाालामा बिरामी किशोरहरु हुन्छन्। उनीहरु डरलाग्दो कथा सुनाउन सुरु गर्छन्।

Hardik ivf

जसमध्ये टिटुलर क्लबअन्तर्गत नेपाली कलाकार सौरियन सापकोटा पनि रहेका छन्। उनीसँगै कलाकार एडिया, इग्बी रिग्नी, रुथ कोडड, आया फुरुकावा, अन्नाराह शेफर्ड, विलियम क्रिस सम्टरको अभिनय देख्न सकिनेछ।

साथै ज्याच गिलफोर्ड, म्याट बीडेल र सामन्था स्यालनलाई पनि सहायक भूमिकामा देख्न सकिनेछ। द हन्टिङ सोरनर माइक फ्लैनगनले ‘द हन्टिङ अप ब्ले म्यानोर’का लेखक लिह फोगसँग मिलेर यो श्रृंखला निर्माण गर्न लागेका हुन्।

फ्लागनले सुरुमा ‘द मिडनाइट क्लब’को दुई वटा भाग निर्देशन गर्नेछन्। ‘द हन्टिङ अफ हिल हाउस’लाई निरन्तरता दिँदै २०१९ फेब्रुअरीमा ‘द हन्टिङ अफ ब्ले म्यानोर’को निर्देशनलाई अगाडी बढाइएको थियो। तर, नेटफ्लिक्समा भने प्रिमियरको दुई वर्षपछि २०२० अक्टोवरमा मात्र सुरू भएको हो।

नेटफ्लिक्सका लागि यो उनीहरुको अर्को श्रृंखला हो।

 

प्रकाशित मिति: १९:३८ बजे, बिहीबार, माघ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्