Kathmandu Press

चलचित्र ‘गोर्खे’ फागुन  २१ देखि  देशैभर प्रदर्शन

चलचित्र ‘गोर्खे’ यही फागुन २१  बाट देशैभर प्रदर्शनमा आउने भएको छ।  
चलचित्र ‘गोर्खे’ फागुन  २१ देखि  देशैभर प्रदर्शन

काठमाडाैं, माघ २० : चलचित्र ‘गोर्खे’ यही फागुन २१  बाट देशैभर प्रदर्शनमा आउने भएको छ।  फागुनबाट  दर्शक  हलसम्म पुग्ने माहोल हुने भएर नै चलचित्र ‘गोर्खे ’ फागुन २१ गतेबाट प्रदर्शनमा आउन लागेको वितरक कारण श्रेष्ठ क्रेजीले बताए  ।

चलचित्रको पोस्टर  सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकारहरुलाई फिचर गरिएको छ । 

Hardik ivf

गोर्खेलाई  किम्मत गौतमले निर्देशन गरेका हुन् । गोर्खे बन्ने सपना बोकेका ५ युवालाई सिनेमामा देख्न पाइने  निर्माता हरि थापाको भनाइ छ । चलचित्रमा रवीन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ ,बाल्दिप राईलगायतको मुख्य भूमिका छ ।

सौरभ लामा र निरज कँडेलले खिचेको यस सिनेमाको कथा भने काजी लिम्बुले लेखेका हुन। छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ । चलचित्रलाई  मित्र डी गुरुङले  सम्पादन गरेका हुन् । 
 

प्रकाशित मिति: १४:०६ बजे, मंगलबार, माघ २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्