Kathmandu Press

अभिनेत्री करिश्माले फिल्म ‘बनवास’ बनाउँदै, छोरी मुख्य भूमिकामा

काठमाडौं, माघ १९ : अभिनेत्री करिश्मा मानन्धरले चलचित्र ‘बनवास’ बनाउने भएकी छन्। फिल्ममा छोरी कविता मुख्य नायिकामा देखिने भएकी छिन्। उनका साथमा अभिनेता...
अभिनेत्री करिश्माले फिल्म ‘बनवास’ बनाउँदै, छोरी मुख्य भूमिकामा

काठमाडौं, माघ १९ : अभिनेत्री करिश्मा मानन्धरले चलचित्र ‘बनवास’ बनाउने भएकी छन्। फिल्ममा छोरी कविता मुख्य नायिकामा देखिने भएकी छिन्। उनका साथमा अभिनेता सरोज खनालको पनि मुख्य भूमिका रहने भएको छ। 

करिश्माले आइतबार साँझ आफ्नो फेसबुक पेजबाट नयाँ फिल्म ल्याउन लागेकोबारे जानकारी दिएकी हुन्। उनले फिल्मको कथावस्तुको थिम परिवार र सम्बन्धले कथा वाचन गर्ने जानकारी दिएकी छिन्। उक्क्त फिल्ममा बाबुको भूमिकामा सरोज देखिन लागेका हुन् भने छोरीको भूमिकामा कवितालाई देख्न सकिनेछ।  

उक्क्त पोष्टमा सरोजले एउटा पृथक विषयवस्तुमा बनाउन लागिएको चलचित्रमा आफूलाई सम्झेकोमा करिश्मालाई धन्यवाद दिएका छन्। 

सुशील क्षेत्रीको कथा लेखन रहेको यस फिल्मलाई विभिन्न दृष्टिकोणबाट हेरिएको छ। अभिनेता शिव श्रेष्ठले बनाएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ कविताले नेपाली फिल्ममा डेब्यु गरेकी थिइन्। कोरोना संक्रमणले प्रदर्शनीमा आएको उक्क्त फिल्मले दर्शक तान्न भने सकेन। 

यीनै कारण पनि आघात बनेकी करिश्माले छोरीलाई लिएर नयाँ फिल्म बनाउन लागेको अनुमान गर्न सकिन्छ।

प्रकाशित मिति: १४:१६ बजे, सोमबार, माघ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्