पोखराकी एलिना गुरुङ बनिन् ‘नेपाल स्टार’को पहिलो विजेता
काठमाडौं, माघ १८ : रियालिटी शो नेपाल स्टारको पहिलो विजेता पोखराकी एलिना गुरुङ बनेकी छिन् ।देशभर गरिएको अडिसनबाट छनोट भएका १ शय ८०...
काठमाडौं, माघ १८ : रियालिटी शो नेपाल स्टारको पहिलो विजेता पोखराकी एलिना गुरुङ बनेकी छिन् ।
देशभर गरिएको अडिसनबाट छनोट भएका १ शय ८० जना प्रतिस्पर्धी मध्येबाट अन्तिम छनोटका लागि चुनिएका चार उत्कृष्ट गायकबीच अन्तिम प्रतिस्पर्धा र दर्शकको भोटिङबाट गुरुङ विजेता घोषित भएकी हुन्।
उपाधिसँगै विजेता गुरुङले ३५ लाख रुपैयाँ नगद पुरस्कार हात पारेकी छिन् । यस्तै उनले १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् ।
उपविजेता बनेका सुरेश लामा, सन्देश बम्जम लामा र लक्ष्मण लिम्बुले जनही पाँच लाख रूपैयाँको चेकसहित ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेका छन्।
रियालिटी सोमा रामकृष्ण ढकाल, अन्जु पन्त र आलोकश्री जज थिए। उक्त सोको अडिसन २०७६ पुस तेस्रो साताबाट सुरु भएको थियो।
प्रकाशित मिति: ०९:०२ बजे, आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












