Kathmandu Press

'बिहे पास’ मा दयाहाङ र प्रकृति

काठमाडौं, माघ १७ : समाजिक विषयमा ‘बिहे पास’ फिल्म निर्माण हुने भएको छ। प्रवेश पौडेलले निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ...
'बिहे पास’ मा दयाहाङ र प्रकृति

काठमाडौं, माघ १७ : समाजिक विषयमा ‘बिहे पास’ फिल्म निर्माण हुने भएको छ। प्रवेश पौडेलले निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन्।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन्। आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत पहिलो साताबाट सुरु हुने निर्देशक पौडेलले बताए।

आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको ‘बिहे पास’का अन्य कलाकार तथा प्राबिधिकको छनाेट कार्य जारी रहेको छ। सामाजिक विषयमा प्रचुर मात्रामा हास्यरस मिसाएर निर्माण गरिन लागिएको फिल्मको सुटिङ तराई भेगमा गरिने बताइएको छ।

प्रकाशित मिति: २०:०६ बजे, शनिबार, माघ १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्