Kathmandu Press

‘जात्रै जात्रा’को कमाइ चार करोड

काठमाडौं, जेठ ८ : फिल्म ‘जात्रै जात्रा’ले देशभित्रसँगै विदेशमा पनि राम्रो दर्शक र व्यापार गरिरहेको छ।

फिल्म सोमबारसम्म करिब चार ....

‘जात्रै जात्रा’को कमाइ चार करोड

काठमाडौं, जेठ ८ : फिल्म ‘जात्रै जात्रा’ले देशभित्रसँगै विदेशमा पनि राम्रो दर्शक र व्यापार गरिरहेको छ।

फिल्म सोमबारसम्म करिब चार करोड कमाइ गरेको छ। फिल्मले दोस्रो सातासम्म पाँच करोडभन्दा बढी व्यापार गर्ने अनुमान गरिएको छ।

अहिलेसम्म गरिएको कारोबारमा मल्टिप्लेक्सको व्यापार नै बढि रहेको छ। ७० प्रतिशत मल्टिप्लेक्सको र ३० प्रतिशत सिंगल थिएटरको रहेको छ।

त्यस्तै, विदेशमा पनि ‘जात्रै जात्रा’ राम्रो कमाइ गरिरहेको छ। यो फिल्म नेपालसँगै अष्ट्रेलियामा एकैसाथ रिलिज भएको थियो। अष्ट्रेलियाको आठ शहरमा प्रदर्शन भइरहेको छ। अष्ट्रेलियामा ३२ लाखमा बिक्री गरिएको थियो।

सिड्नीमा प्रदर्शनको चार दिनसम्म दैनिक सात शो चलिरहेका छन्। सिड्नीमा पाएको दर्शकको बढ्दो क्रेजले खुशी भएको निर्देशक प्रदीप भट्टराईले बताए ।

प्रकाशित मिति: १५:३८ बजे, बुधबार, जेठ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्