Kathmandu Press

कुमार दवाडीको  'नबोली जित्छौ तिमी’ सार्वजनिक

गायक कुमार दवाडीको  स्वरमा सजिएको  ‘नबोली जित्छौ तिमी’ बोलको गीतको भिडियो बिहीबार युट्युबमा सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र करुणा श्रेष्ठ फिचर्ड छन् ।
कुमार दवाडीको  'नबोली जित्छौ तिमी’ सार्वजनिक

काठमाडौं, माघ १६ : गायक कुमार दवाडीको  स्वरमा सजिएको  ‘नबोली जित्छौ तिमी’ बोलको गीतको भिडियो बिहीबार युट्युबमा सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र करुणा श्रेष्ठ फिचर्ड छन् ।

भिडियोले दरबार बाहिरकी रानीको कथा बोल्छ। नरेश भट्टराई भन्छन,  ‘सार्वजनिक गीत लामो समय सम्म दर्शक श्रोताले सम्झन लायक क्लासिकल गीत हो। ट्रेन्डिङमा पर्ने र छिट्टै हराउने गीत होइन पछि सम्म सुन्दा आनन्द आउने गीत भएकोले आफूले भिडियोमा काम गरेको हो ।’

Hardik ivf

गीतमा होम न्यौपानेको शब्द र दिपक भट्टराईको संगीत रहेको छ । गीतकार होम न्यौपाने र संगीतकार दीपक भट्टराइको सहकार्यमा यसअघि पनि थुप्रै गीत सार्वजनिक भई सकेका छन् । गायक दवाडीको सोलो एल्बम छिट्टै सार्वजनिक गर्ने पनि तयारी रहेको छ।  गीतको भिडियोमा नरेश र करुणा प्रेमजोडीको रुपमा देखिएका छन् ।

भिडियोमा सागर प्रधानको छायांकन, विकास दाहालको सम्पादन र युवराज वाइवाको निर्देशन रहेको छ । भिडियो कुमार क्रियएन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: १३:१५ बजे, शुक्रबार, माघ १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्