Kathmandu Press

नेहा कक्कडको नेपालमा लाइभ कन्सर्ट हुँदै, भिआईपी टिकट ‘सोल्ड आउट’

काठमाडौं, जेठ ८ : बलिउडकी चर्चित गायिका नेहा कक्कड नेपाल आउने लागेकी छन्। उनी नेपालमा पहिलो पटक लाइभ कन्सर्टमा देखिने भएकी हुन।

उनको काठमाडौ....

नेहा कक्कडको नेपालमा लाइभ कन्सर्ट हुँदै, भिआईपी टिकट ‘सोल्ड आउट’
एजेन्सी

काठमाडौं, जेठ ८ : बलिउडकी चर्चित गायिका नेहा कक्कड नेपाल आउने लागेकी छन्। उनी नेपालमा पहिलो पटक लाइभ कन्सर्टमा देखिने भएकी हुन।

उनको काठमाडौंको एलओडी (लर्ड अफ ड्रिङ्क्स) क्लबमा लाइभ कन्सर्ट हुन लागेको हो। जेठ २५ गते लाइभ कन्सर्ट हुने एलओडीका संचालक रबिन श्रेष्ठले बताए।

यसका लागि उनी जेठ २४ गते नै नेपाल पुग्नेछिन। ‘नेहा दुई दिनका लागि नेपाल आउँदैछिन्, तीन दिन पनि बस्न सक्छिन होला,’ श्रेष्ठले भने।

Hardik ivf

‘नेहा कक्कड लाइभ’ नाम दिएको कन्सर्टमा उनले दुई घण्टा प्रस्तुति राख्ने कार्यक्रम तय गरिएको छ। यसमा उनका लोकप्रिय गीत सुनाउने छिन्।

यो कार्यक्रमका लागि उनलाई पारामाउन्ट ईन्टरटेन्मेन्टले नेपाल ल्याउन लागेको हो।

एलओडीमा यस अघि पनि थुप्रै बलिउड तथा हलिउड गायकले प्रस्तुति दिइसकेका छन्।

नेहाको कन्सर्टको लागि दुई थरी टिकटको व्यवस्था गरिएको छ। जनरल टिकट तीन हजार पाँच सय र भिआईपी टिकट पाँच हजार रुपैयाँ रहेको छ।

भीआईपी टिकट बिक्री भइसकेको जनाएको छ। ‘भीआईपी टिकट लगभग सोल्ड आउट भइसकेको छ,’ एलओडीका संचालक श्रेष्ठले भने।

 

प्रकाशित मिति: १४:१७ बजे, बुधबार, जेठ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्