सगरमाथाको उचाई नाप्ने सरकारी टोली चुचुरोमा, डाटा आउन ६ महिना लाग्ने
काठमाडौं, जेठ ८ : विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न पुगेको सरकारको प्राविधिक टोली आज विपहान चुचुरो पुगेको छ।
नापी विभाग....
काठमाडौं, जेठ ८ : विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न पुगेको सरकारको प्राविधिक टोली आज विपहान चुचुरो पुगेको छ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको ५ सदस्यीय टोली बिहान सवा ३ बजे सगरमाथाको चुचुरोमा पुगेको हो।
टोलीमा गौतम सहित नापी अधिकृत रवीन कार्की र अन्य तीन सहयोगीले आधा घण्टासम्म सगरमाथा शिखरमा बसेर स्याटेलाइटबाट आएका संकेतहरु रेकर्ड गरेको जोशीले काठमाडौं प्रेसलाई बताए । उनका अनुसार सबै डाटा आउन ६ महिनाजति लाग्नेछ । टोलीले सगरमाथामा हिउँको सतह र चट्टानी सतह दुवैको पनि उचाइ मापन गर्नेछ । जोशीका अनुसार नापी विभागको टोली सगरमाथा शिखरमा रहेकै बेला अन्य छ वटा स्टेशनमा पनि सोही उपकरणले काम गरिरहेको थियो।
ग्लोबल डेभिगेशन स्याटेलाइट सर्बे लगायतका सबै काम सगरमाथा शिखर र अन्य जमिनी सतहमा भइरहेका छन्।
जमिनमा गर्ने सर्बेको काम सकिन पनि अझै एक दुई महिना लाग्ने जोशीले बताए।
अहिले विभिन्न ठाउँमा नापी विभागको टोलीले ग्राभिटी सर्बे र त्रिकोणमितीय प्रविधिबाट पनि सर्बे गरिरहेको छ ।
याे पनि पढ्नुहाेस्






