Kathmandu Press

अमेरिकी अर्बपति रोबर्ट स्मिथले मोरहाउस कलेजका चार सय विद्यार्थीको कर्जा तिर्ने 

अर्बपति लगानीकर्ता तथा समाजसेवी रोबर्ट स्मिथले एट्लान्टास्थित मोर हाउस कलेजमा ‘कमेन्समेन्ट स्पिच’ दिइरहेका थिए । अकस्मात् एउटा घोषणा गरे – ‘विद....

अमेरिकी अर्बपति रोबर्ट स्मिथले मोरहाउस कलेजका चार सय विद्यार्थीको कर्जा तिर्ने 

अर्बपति लगानीकर्ता तथा समाजसेवी रोबर्ट स्मिथले एट्लान्टास्थित मोर हाउस कलेजमा ‘कमेन्समेन्ट स्पिच’ दिइरहेका थिए । अकस्मात् एउटा घोषणा गरे – ‘विद्यार्थी कर्जा चुक्ता गर्न मेरो परिवारले एउटा कोष स्थापना गर्ने भएको छ।’

स्मिथ निकट एक श्रोतले भने, ‘हर्षले सबै जना रून–कराउन थाले ।’ ‘उनले हृदयदेखि बोलेका थिए ।’ उनी पहिचान खुलाउन चाहदैनन्।

यहाँ सबै विद्यार्थी अश्वेत पुरूष छन् । सन् २०१९ का ग्राजुएटका लागि स्मिथले कति खर्चभार उठाउनुपर्छ, अनुमान गर्न कठिन छ । तर कलेजका एक अधिकारीले करिब चार करोड अमेरिकी डलरभन्दा कम नहुने जानकारी दिएका छन्।

Hardik ivf

हाल चार सयभन्दा धेरै ग्राजुएट छन् । मोरहाउस कलेजको वार्षिक शुल्क २६ हजार अमेरिकी डलर भएको उनका एक सहयोगीले बताए।

आइतबार यो शुभसमाचार पाएपछि मोरहाउसका ग्राजुएट र उनीहरूको आमाबाबुले खुसियाली मनाए।

टोङगा र्‍यालेफोर्डका छोरा चाल्र्स र्‍यालेफोर्ड तृतीय सन् २०१९ को ब्याचका विद्यार्थी हुन् । उनले छोराको विद्यार्थी कर्जा ७० हजार अमेरिकी डलर जति रहेको द एट्लान्टा जर्नल–कन्स्टिट्युसनलाई बताइन्। ‘मदर्स डे आएजस्तै लागिरहेको छ,’ उनले भनिन्।

‘बिजनेस एडमिनिस्ट्रेसन मेजर’का ग्राजुएट एलाइजा डोर्मियसले भने, ‘मेरो आनन्दको सीमा नै छैन।’

२२ वर्षिय डोर्मियस हार्लेमका हुन् । विद्यार्थी कर्जा वापत करिब ९० हजार अमेरिकी डलर जति रहेको उनले बताए । उनकी आमा एन्ड्रिया डोर्मियस ‘स्कूल बस’ चलाउँछिन् । उनी पनि अन्य पाँच सन्तानसँगै ‘ग्राजुएसन’ समारोहमा आएकी थिइन्।

समारोहका वक्ता स्मिथले मोरहाउस कलेजबाट आइतबार मानार्थ विद्यावारिधी पनि पाए । व्यक्तिको जीवनमा कलेजको ‘डिग्री’ जीवनकै ‘ठूलो र प्रभावशाली’ उपलब्धि भएको उनले बताए।

‘तर सफलता सजिलै आउँदैन,’ उनले भने, ‘जति मेहनत गरेर आज तपाईंले यो सफलता पाउनुभएको छ, यसमा धेरैको सहयोग छ । हामी एउटा समुदाय, एउटा गाउँ, एउटा समूहको उत्पादन हौं।’

स्मिथले परिवारबारे छोटो कुरा गरे । एक छोरीले यही साता न्यूयोर्क युनिभर्सिटीबाट ‘ग्राजुएसन’ गर्ने उनले बताए । अर्की छोरीले ‘हाइ स्कूल’ सक्ने र बर्नार्ड कलेज पढ्ने बताए।

‘प्राइभेट इक्विटी’ मा मनग्गे सम्पत्ति कमाउनु अघि उनी रासायनिक इन्जिनियर रहेको र धेरै संघर्ष गरेको स्मिथले बताए । त्यही संघर्ष र मेहनतले उनको सफलताको जग बसालेको सुनाए।

‘यो क्षेत्रमा विशेषज्ञता हासिल गर्न र वैज्ञानिक प्रक्रियाको अनुशासन विकास गर्न समय लगाएपछि मैले प्रयोगशालाभन्दा बाहिर मेरो ज्ञान लागु गर्न सक्षम भएँ,’ उनले भने, ‘महानता परिश्रमबाट जन्मिन्छ । परिश्रमलाई अँगाल्नुहोस्।’

डिग्रीको आनन्द लिनेसँगै यसबाट महान कार्य गर्ने जिम्मेवारी पनि उत्तिकै भएको उनले बताए।

‘आज तपाईंले पाएको डिग्री अमेरिकाको उत्कृष्ट मध्ये एक हो,’ उनले भने, ‘तर यो भित्तामा झुण्डिने एउटा दस्तावेज मात्रै होइन । यो तपाईंको अहिलेसम्मको उपलब्धि होइन । यो डिग्री एउटा सम्झौता हो – सामाजिक सम्झौता । तपाईं हामी जसको काँधमा उभिएका छौं ती महान आत्माहरूको सम्मानमा हाम्रो प्रतिभा र उर्जा समर्पित गर्न यसले माग गर्दछ।’

स्मिथ भिस्टा इक्विटी पार्टनर्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । यो एउटा सफ्टवेयर र प्रविधि लगानी कम्पनी हो । स्मिथ उत्ति साह्रो खुल्दैनन् । अन्तर्वार्ताका लागि प्रस्ताव गर्दा पनि उनले अस्वीकार गरे।

तर मोरहाउस कलेजका विद्यार्थीलाई उनले दिएको उपहारले स्मिथको प्रतिष्ठा र व्यक्तित्व बढाएको छ । धेरैको चर्चाको पात्र पनि बनेका छन् ।
‘उनको यो कार्यले साँच्चिकै तपाईंको मन जित्छ,’ उनी निकट श्रोतले भने।

स्मिथले यसअघि पनि विद्यार्थी छात्रवृत्ति र क्याम्पसमा नयाँ पार्क बनाउनलाई १५ लाख अमेरिकी डलर दिने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित मिति: ०६:४१ बजे, बुधबार, जेठ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्