Kathmandu Press

निर्माता संघ र लुम्बिनी इन्स्योरेन्सबीच बिमा सम्झौता

काठमाडौं, जेठ ७ : नेपाली चलचित्र निर्माताहरुका लागि खुशीको खबर आएको छ। फिल्म छायांकनमा जानु अघि दुर्घटना बिमा मात्रै हुँदै आएकोमा अब निर्माताहरुले पूर....

निर्माता संघ र लुम्बिनी इन्स्योरेन्सबीच बिमा सम्झौता

काठमाडौं, जेठ ७ : नेपाली चलचित्र निर्माताहरुका लागि खुशीको खबर आएको छ। फिल्म छायांकनमा जानु अघि दुर्घटना बिमा मात्रै हुँदै आएकोमा अब निर्माताहरुले पूरै प्रोजेक्टको बिमा गराउन पाउने भएका छन्।

चलचित्र निर्माता संघ र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मंगलबार यससम्बन्धी सम्झौता भएको छ। ‘चलचित्र प्रोजेक्ट बिमा’ नाम दिइएको उतm सम्झौता अब अरु कुनै नयाँ प्रबन्ध नआएसम्म लागू हुने निर्माता संघका हेड अफ सेक्रेटरी सन्जिप बस्नेतले बताए।

निर्माताहरुले छायांकनमा जानु अघि दुर्घटना बिमा नगरि ‘चलचित्र प्रोजेक्ट बिमा’ गराउन सक्ने छन्।

Hardik ivf

निर्माताले चलचित्र विकास बोर्डमा दर्ता गराउँदा भरेको कुल लागतको एक प्रतिशत (भ्याटबाहेक) रकम बिमा कम्पनीलाई बुझाउनु पर्ने छ। र उतm रकमको पाँच प्रतिशत रकम इन्स्योरेन्स कम्पनीले प्रोजेक्टलाई दिने बताइएको छ।

चलचित्र छायांकनको क्रममा हुने हानीको बिमा कम्पनीले एक महिना भित्र भुक्तानी गर्ने लुम्बिनी जनरल इन्सोरेन्सका सीइओ एनपी प्रधानले पत्रकार सम्मेलनमा जानकारी दिए।

युकेको एक इन्स्योरैन्स कम्पनीको मातहतमा रहेर निर्माता संघले यो सम्झौता गरेको हो। सरकारी स्तरबाट चासो नदिएपछि बाहिरी कम्पनीसँग मिलेर संघ आफैले यो कदम उठाउनु परेको बस्नेतको भनाइ छ।

सहमितका पाँच बुँदा

१. निर्माता संघको विधानअनुसार नेपाल सरकारको ईजाजत प्राप्त चलचित्र निर्माण गर्ने कम्पनिले आफ्नो सिनेमाको प्रोजेक्ट बीमाको लागि संघको सिफारिसमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड समक्ष आवेदन दिन सक्नेछ। यसरी आवेदन दर्ता गर्दा चलचित्र निर्माण गर्ने कम्पनीका कागजातहरू जस्तैः प्रमाण पत्र, नियमावली, प्रवन्ध पत्र, प्यान÷भ्याट, चलचित्र निर्माण इजाजत पत्र, करचुक्ता प्रमाण पत्र लगायतका अन्य आवश्यक कागजातहरू संलग्न गर्नु पर्नेछ।

२. संघमार्फत प्रोजेक्ट बीमाको लागि दरखास्त दिइदा चलचित्रको कुल अनुमानित बजेट रकम, दैनिक रूपमा हुन आउने खर्च, चलचित्रमा प्रयोग गरिने उपकरणको मुल्य, प्राविधिक र चलचित्रका कलाकारहरूको खर्चका साथै सिनेमाको पोष्टप्रोडक्सनमा लाग्ने खर्चहरूको विवरण खुलाउनु पर्ने छ।

३.प्रोजेक्ट बीमाका लागि संघमार्फत बीमाका लागि दरखास्त दिने चलचित्र निर्माण कम्पनिले आफ्नो चलचित्रको कुल लागतको १ % रकम बीमाशुल्क (भ्याट वाहेक) वापत लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बुझाउनु पर्ने छ। चलचित्रको कुल लागतको आधिकारीक्ता नेपाल सरकार चलचित्र विकास बोर्डले प्रदान गर्ने चलचित्र निर्माण इजाजत पत्र अनुसार हुनेछ।

४. संघमार्फत लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई प्रोजेक्ट बीमाका लागि चलचित्र निर्माण गर्ने कम्पनिले बुझाएको रकमको ५% रकम (बीमा समितिले तोके बमोजिम) अभिकर्ता कमिशन वापत दोस्रो पक्षले प्रथम पक्षलाई उपलब्ध गराउने छ।

५.बीमाका अन्य सुविधा र शर्त बीमालेख बमोजिम हुनेछ ।

 

प्रकाशित मिति: १४:३९ बजे, मंगलबार, जेठ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्