डा. भट्टराईको ‘परराष्ट्रका प्रशासक’ सार्वजनिक
काठमाडौं– पूर्वपरराष्ट्रसचिव डा. मदनकुमार भट्टराईद्वारा लिखित पुस्तक ‘परराष्ट्रका प्रशासक’ सार्वजनिक भएको छ । सांग्रिला पुस्तक प्रालिले प्रकाशन गरेको पुस्तकमा हालसम्म परराष्ट्र सचिव भएका २४...
काठमाडौं– पूर्वपरराष्ट्रसचिव डा. मदनकुमार भट्टराईद्वारा लिखित पुस्तक ‘परराष्ट्रका प्रशासक’ सार्वजनिक भएको छ ।
सांग्रिला पुस्तक प्रालिले प्रकाशन गरेको पुस्तकमा हालसम्म परराष्ट्र सचिव भएका २४ पूर्वसचिवले गरेका कामका साथमा पारिवारिक अवस्थासमेत उल्लेख गरिएको छ । यसैगरी पुस्तकमा मुन्सीहरुको प्रशासनिक दबदबाका विभिन्न पाटालाई उजागर गरिएको छ ।
सात सालपछिको राजनीतिक प्रणाली परिवर्तनपछि अहिलेसम्मका परराष्ट्र सचिवको काम र योगदानमा प्रत्यक्ष–परोक्ष प्रभाव पार्ने व्यक्तिलाई पनि पुस्तकको कथ्य बनाइएको छ भने छिमेकी र अन्य राष्ट्रका विषयमा समेत पुस्तक बोलेको छ ।
प्रकाशित मिति: ११:३३ बजे, शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












