Kathmandu Press

ऋषिराजको ‘चुरीफुरी’ मा हास्य कलाकारको भीड

हास्य टेलिशृंखला तथा वेवसिरिजका चर्चित हास्य कलाकारहरुलाई लिएर निर्देशक ऋषिराज आचार्यले नयाँ फिल्म ‘चुरीफुरी’को सुटिङ गरिरहेका छन् ।
ऋषिराजको ‘चुरीफुरी’ मा हास्य कलाकारको भीड

हास्य टेलिशृंखला तथा वेवसिरिजका चर्चित हास्य कलाकारहरुलाई लिएर निर्देशक ऋषिराज आचार्यले नयाँ फिल्म ‘चुरीफुरी’को सुटिङ गरिरहेका छन् । केही दिनअघिदेखि काठमाडौंका विभिन्न स्थानमा सुटिङ भइरहेको फिल्मको मुख्य हिरो–हिरोइनबारे खुलाइएको छैन ।

निर्देशक आचार्यकै लेखन, निर्माण र निर्देशन रहेको  ‘चुरीफु्री’ मा रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । 

Hardik ivf

आरबी मुभिजको ब्यानरमा निर्देशक आचार्य स्वयं र रिना ढकाल निर्माता रहेको फिल्मको सहनिर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । निर्देशक आचार्यले ‘चुरीफुरी’ लाई मनोरञ्जनको नौलो प्याकेजका रुपमा व्याख्या गरेका छन् ।

‘अहिले विश्व नै कोरोना भाइरस र लकडाउनका कारण असहज जीवन जिउन बाध्य छ । यो परिस्थितिबाट उत्पन्न दिक्दारीलाई ‘चुरीफुरी’ ले भरमार रिफ्रेस गराउनेछ,’ निर्देशक आचार्य भन्छन्, ‘ समसामयिक विषयमा उत्कृष्ट मनोरञ्जन दिने कोसिस गरेका छौं ।’ 

राहुल राईको छायांकन, भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको फिल्मका गीतमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ । सुटिङ समापनसँगै हिरो हिरोइनलगायत फिल्मबारे विस्तृत जानकारी दिइने तयारी निर्माण पक्षको छ ।

प्रकाशित मिति: १९:११ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्