Kathmandu Press

दीपकको फिल्म ‘घिन्ताङ’मा गौरव

दीपकको फिल्म ‘घिन्ताङ’मा गौरव

काठमाडौं, माघ ८ : दीपक श्रेष्ठको नयाँ फिल्म ‘घिन्ताङ’का लागि अभिनेता गौरव पहारीलाई अनुबन्धित गरिएको छ।

यस फिल्ममा अभिनेत्री एलिजा गौतम अनुबन्धित भइसकेकी छिन्। त्यसयता फिल्म युनिटले अभिनेताकाे खाेजी गरिरहेकाे थियाे।

एलिजासँगै स्क्रिन सेयर गर्न अभिनेता विपिन कार्कीसँग पनि कुराकानी भएको थियो। विपिनले समय दिन नसकिने बताएपछि गौरवलाई लिइएको जनाएको छ।

निर्देशक श्रेष्ठ लामो समयपछि फिल्म निर्देशन गर्न लागेका हुन्। उनले ‘पापी मान्छे, भाई, तकदिर, पर्खि बसेँ, हिम्मत, सूर्य चन्द्र, वचन, वीर’लगायत फिल्म निर्देशन गरेका थिए।

 

प्रकाशित मिति: १४:०९ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्