कान्समा देखिँदै नेपाली अभिनेत्री प्रियंका कार्की
काठमाडौं, जेठ ६ : संसारकै सबैभन्दा ठूलो फिल्म फेस्टिबल कान्स गत सातादेखि सुरू भएको छ। यो पटकको कान्स भने नेपाली सिनेकर्मीका लागि पनि विशेष हुँदैछ। किन....

काठमाडौं, जेठ ६ : संसारकै सबैभन्दा ठूलो फिल्म फेस्टिबल कान्स गत सातादेखि सुरू भएको छ। यो पटकको कान्स भने नेपाली सिनेकर्मीका लागि पनि विशेष हुँदैछ। किनकी नेपाली अभिनेत्री प्रियंका कार्की कान्सको रेड कार्पेटमा देखिने भएकी छन्।
कान्समा सहभागी हुने प्रियंका आइतबार त्यसतर्फ प्रस्थान गरेकी छन्। उनी आज कान्समा सहभागी हुने जनाएको छ।
प्रियंका कान्समा सहभागि हुने पहिलो अभिनेत्री हुनेछिन्। उनले नेपालको प्रतिनिधित्व गर्दै चार इभेन्टमा सहभागिता जनाउने छिन्।
आजदेखि मे २४ सम्म विभिन्न चार इभेन्टमा सहभागि हुने उनले बताइन्। जसमा दुइटा फिल्म स्क्रिेनिङ, गाला डिनर र पिस नाइट रहेका छन्।
कान्समा सहभागि हुने अवसर पाउँदा निकै खुशी भएको प्रियंकाले बताइन्। ‘नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक यो ठूलो फेस्टिबलमा जान पाउदा निकै खुशी छु,’ उनले भनिन्।
यसलाई उनले पहिलेदेखिकै सपना भनेकी छन्। ‘कान्समा जान पाउ भन्ने इच्छा पहिले देखिनै थियो र आज त्यो पूरा हुदैछ,’ प्रियंकाले भनिन्।
यसका लागि उनलाई मार्च मै निमन्त्रण आएको थियो। त्यसयता तयारीमा जुटेकी थिइन्। उनी सिवांङ्गी प्रधानले डिजाइन गरेको पहिरनमा देखिने छिन्।
मे १४ देखि सुरु भएको ७२औं कान्स फिल्म फेस्टिभलमा मे २५ सम्म चल्ने छ।












