Kathmandu Press

दीपेन्द्र र लिलाले ल्याए ‘सलल कोशी’

काठमाडौं, माघ ६ : लोक गायक दीपेन्द्र राई र गायिका लीला राईको नयाँ गीत ‘सलल कोशी’ सार्वजनिक भएको छ।नेपाल लोक स्टारमा उत्कृष्ट सातमा...
दीपेन्द्र र लिलाले ल्याए ‘सलल कोशी’

काठमाडौं, माघ ६ : लोक गायक दीपेन्द्र राई र गायिका लीला राईको नयाँ गीत ‘सलल कोशी’ सार्वजनिक भएको छ।

नेपाल लोक स्टारमा उत्कृष्ट सातमा पुगेका दीपेन्द्रले लिलासँग मिलेर यो गीत ल्याएका हुन्। यसको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ।

रुद्र श्रेष्ठका शब्द तथा संगीत रहेको यो गीतलाई पूर्वाञ्चल म्युजिकको प्रस्तुतिले बजारमा ल्याएको हो। यसमा राम कार्कीले  संगीत संयोजन गरेका हुन्।

यसको म्युजिक भिडियोमा सन्ध्या राई र दीपेन्द्रको अभियन रहेको छ। रुद्र श्रेष्ठले निर्देशन गरेका छन्।

प्रकाशित मिति: १२:४३ बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्