Kathmandu Press

निशान भट्टराईले ल्याए ‘ओई प्यारी’

काठमाडौं, माघ ५ : नेपाल आइडलबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत  ‘ओई प्यारी’ सार्वजनिक भएको छ।गायिका एलिना चौहानसँगै निशानको श्वर रहेको...
निशान भट्टराईले ल्याए ‘ओई प्यारी’

काठमाडौं, माघ ५ : नेपाल आइडलबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत  ‘ओई प्यारी’ सार्वजनिक भएको छ।

गायिका एलिना चौहानसँगै निशानको श्वर रहेको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो। यसलाई धेरैले मन पराएका छन्।

अनिश घिमिरेले लेखेको गीतमा अनिल बिरहीले संगीत भरेका छन्। यसलाई केबी भन्डारीको एरेन्ज गरेका छन्।

म्याुजिक भिडियोमा टीका जैसी र अज्ञात सायरको अभिनय रहेको छ। यसको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायाँकन प्रकाश खड्काले गरेका हुन्।

 

प्रकाशित मिति: १३:०८ बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्