Kathmandu Press

नेपाली सेनाले यसरी गर्दैछ बारा-पर्सामा घर पुनर्निर्माण

वीरगञ्ज, जेठ ५ : टोर्नाडोले क्षति पुगेको बारा र पर्सामा नेपाली सेनाले घर पुनर्निर्माण गर्न थालेको छ। साउनभित्रै पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ....

नेपाली सेनाले यसरी गर्दैछ बारा-पर्सामा घर पुनर्निर्माण
काठमाडौं प्रेस

वीरगञ्ज, जेठ ५ : टोर्नाडोले क्षति पुगेको बारा र पर्सामा नेपाली सेनाले घर पुनर्निर्माण गर्न थालेको छ। साउनभित्रै पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ।

गत चैत १७ गते साँझ आएको टोर्नाडा (हावाहुरी)का कारण बारा र पर्सामा २९ जनाको मृत्यु भएको थियो। ६ सयभन्दा बढी सर्वसाधारण घाइते भएका थिए। केही अझै पनि उपचार गरिरहेका छन्। टोर्नाडोले यहाँका सयौं घरमा क्षति पु¥याएको थियो भने कयौं घर पूर्णरुपमा क्षति पुगेको थियो।

भत्किएका घर पुनर्निर्माण गर्न संघीय सरकराले नेपाली सेनालाई जिम्मा दिएको थियो। जनता आवास कार्यक्रम लिएर नेपाली सेना घर पुनर्निर्माणमा जुटेको हो ।

Hardik ivf

यसको जिम्मेवारी पाएको बारास्थित चन्दननाथ गणले काम सुरू गरिसकेको छ। पहिलो चरणका नयाँ घर निर्माणका लागि जग धन्ने काम भइरहेको चन्दननाथ गणका महासेनानी पारशबिक्रम शाहले बताए। ‘घरको जग खन्ने काम अन्तिम चरणमा पुगेको छ। त्यसपछि धमाधम निर्माण हुन्छ,’ उनले भने।

पहिलो चरणमा बाराको पुरैनिया, चैनपुर र छोटकी फुलबरियामा नमुना घर बनाउन सुरू गरिएको छ। यो क्षेत्रमा एक हप्ताभित्र काम सम्पन्न हुने महासेनानी शाहले बताए।

घरहरूमा ब्लक प्रयोग गरिने छ। त्यस्तै, गर्मीमा तातो नहुने प्रविधि प्रयोग गरिएको उनले बताए। अन्य स्थानमा पनि छिट्टै निर्माणको काम सुरू गरिने चन्दननाथ गणले जनाएको छ।

अहिले घर पुनर्निर्माणका लागि बारा र पर्साका विभिन्न १२ स्थानमा १२ समूह परिचालन गरिएको छ। दुई हजार ६ सयभन्दा बढी नेपाली सेना र प्राविधिक खटिएका छन्।

जनता अवासा कार्यक्रमअन्तर्गत संघीय सरकारले एक हजार चार सय ५३ घर निर्माणका लागि ८४ करोड ६८ लाख ७६ हजार एक सय ४० रुपैयाँ विनियोजन गरेको छ।

सेनाले बारामा एक हजार तीन सय ६२ र पर्सामा ९१ वटा घर निर्माण गर्न लागेको हो।

यि घर निर्माणका लागि सेनालाई साउनसम्मको समयावधि दिइएको छ। तोकिएकै समयमा निर्माण सम्पन्न हुने गरी काम भइरहेको महासेनानी शाहले बताए।

टोर्नाडोपीडित आशावादी

सेनाले घर पुनर्निर्माणको काम थालेपछि स्थानीय बासिन्दा पनि आशावादी देखिएका छन्। घर बन्ने आसा पलाएको पर्साको जगरनाथपुरका कुलकाल साहले बताए।

टोर्नाडो पीडित उनले भने, ‘सेना आएकाले वर्षा अगावै बन्ने आस लागेको छ।’

टोर्नाडोमा खुट्टा गुमाएका फेटा गाउँपालिका–६ पुरैनियाका ६० वर्षीय मुस्तफा मियाँले पनि घर बन्ने आस लागेको बताए।

‘घर बनाउने जिम्मा नेतालाई दिएको भए त बन्ने थिएन, सेनाले पाएकाले बन्छ भन्ने विश्वास छ,’ उनले भने। उनको घर पुनर्निर्माणका लागि पनि सेनाले जग खन्न थालेको छ।

 

प्रकाशित मिति: १०:३४ बजे, आइतबार, जेठ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्