Kathmandu Press

संगीतकार संघको अध्यक्षमा मुकारुङ

काठमाडौं, माघ ४ : संगीतकार संघ नेपालको अध्यक्षमा संगीतकार पारस मुकारुङ चयन भएका छन्।संघको १०औँ साधारणसभाले दुई वर्षका लागि मुकारुङलाई अध्यक्ष चनय गरेको...
संगीतकार संघको अध्यक्षमा मुकारुङ

काठमाडौं, माघ ४ : संगीतकार संघ नेपालको अध्यक्षमा संगीतकार पारस मुकारुङ चयन भएका छन्।

संघको १०औँ साधारणसभाले दुई वर्षका लागि मुकारुङलाई अध्यक्ष चनय गरेको हो। उनको नयाँ कार्यसमिति पनि गठन भएको छ।

Hardik ivf

वरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, प्रथम उपाध्यक्षमा हरि लम्साल, द्वितीय उपाध्यक्षमा अष्ट लामा, महासचिवमा वसन्त सापकोटा, सचिवमा सुदाम थापा र कोषाध्यक्षमा राजेश थापा चयन भएका छन्।

त्यस्तै, सदस्यहरुमा जेम्स प्रधान, राजन इशान, कालीप्रसाद बाँसकोटा र टंक बुढाथोकी चयन भएका छन्।

साधारणसभाको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ। याङ्सु बाल प्रतिभा पुरस्कार गायकद्वय प्रितम आचार्य र आयुष केसीलाई प्रदान गरिएको छ।

त्यस्तै, स्रष्टाको प्रतिलिपि अधिकारमाथि निरन्तर कलम चलाएका नयाँ पत्रिका दैनिकका पत्रकार नवीन प्यासी, बाह्रखरी अनलाइनका पत्रकार नरेश फुयाँल र हंगामा टुडेका पत्रकार सीताराम बडाललाई जनही २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ।

प्रकाशित मिति: ११:२१ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्