Kathmandu Press

वसन्त र रचनाको ‘भागुम मायालु’

काठमाडौं, माघ २ :  युवा लोक तथा दोहोरी गायक वसन्त विश्वकर्मा र रचना रिमालले नयाँ गीत भागुम मायालु सार्वजनिक गरेका छन्। गीतले यूटुवमा...
वसन्त र रचनाको ‘भागुम मायालु’

काठमाडौं, माघ २ :  युवा लोक तथा दोहोरी गायक वसन्त विश्वकर्मा र रचना रिमालले नयाँ गीत भागुम मायालु सार्वजनिक गरेका छन्। गीतले यूटुवमा राम्रो भ्यूअर्स प्राप्त गर्दै गईरहेको छ।

तनहुँका सर्जक तथा गायक वसन्तले सार्वजनिक गरेका गीत ‘भागुम मायालु’मा एक प्रेम जोडीको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ। जसमा प्रेमी–प्रेमिकाबीच भईरहेका सामाजिक र पारिवारिक बन्धनको विषयलाई प्रस्तुत गरिएको छ।

Hardik ivf

समसामयिक विषयवस्तुलाई जोडेर तयार गरिएको प्रस्तुत गीतमा वसन्त विश्वकर्मा र चर्चित गायिका रचना रिमालको आवाज रहेको छ। वसन्त विश्वकर्माकै शब्द अनि संगीत रहेको गीतको एरेन्ज कृष्ण विक ‘भान्जा’ले गरेका हुन।

भागुम मायालुको चलदृश्यमा सुनिसा बजगाई र दीप सागरले अभिनय गरेका छन्। वसन्त विश्वकर्माले नै निर्देशन गरेको भिडियोलाई करन चैसिरले खिचेका हुन।

गीत वसन्त विश्वकर्माको आफ्नै अफिसिएल यूटुब च्यानलबाट बजारमा आएको छ। वसन्तका यसअघि ‘कुखुराको भाले’, ‘नौजाले’, लगायतका गीतहरु चर्चित छन्।

 

प्रकाशित मिति: १४:३२ बजे, शुक्रबार, माघ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्