स्वस्थ रहन दैनिक कति कप कफी पिउने?
बिहान एक कप कफी नपिउँदा जाँगरै नचल्ने हामी धेरै छौं। तर, त्यसपछि पनि कफी पिउने बहाना खोज्ने उत्तिकै छौं।
धेरै कफी पिउनु स्वस्थकर हुँदैन। विशेष गरी मुटुमा गम्....
बिहान एक कप कफी नपिउँदा जाँगरै नचल्ने हामी धेरै छौं। तर, त्यसपछि पनि कफी पिउने बहाना खोज्ने उत्तिकै छौं।
धेरै कफी पिउनु स्वस्थकर हुँदैन। विशेष गरी मुटुमा गम्भिर प्रभाव पर्छ। ‘द अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसन’मा प्रकाशित नयाँ अध्ययनले कति कफी पिउनेबारे नयाँ खुलासा गरेको छ। कफीमा पाइने ‘क्याफिन’ केन्द्रीय स्नायु प्रणालीको ‘स्टिुमेलेन्ट’ हो। यसले जागा रहन सहयोग गर्दछ। केही मामिलामा त यसले अस्थायी रूपमा मात्छ पनि। त्यसैले यस्को पनि लत लाग्छ। अत्यधिक क्याफिन सेवनले ‘क्याफिन ओभरडोज’ हुन्छ।
नयाँ अध्ययनका लागि युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाका अनुसन्धाताहरूले ३७ देखि ७३ वर्ष उमेर समूहका करिब साढे तीन लाख व्यक्तिको कफी पिउने बानीको तथ्याङ्क विश्लेषण गरेका थिए। दैनिक ६ कप वा त्योभन्दा बढी कफी खानेलाई मुटु रोगको २२ प्रतिशत जोखिम बढी हुने उनीहरूले निष्कर्ष निकालेका छन्।
‘कफी विश्वमै सबैभन्दा बढी प्रयोग हुने स्टिमुलेन्ट अर्थात् उत्तेजक पदार्थ हो। यसले हामीलाई ब्युँझाउँछ, हाम्रो ऊर्जा बढाउँछ र एकाग्र हुन सहयोग गर्दछ,’ एलिना हिप्कोनेन भन्छिन्,‘तर मानिसहरू कति क्याफिन बढी हो भनेर सोधिरहन्छन्।’ उनी युनिभर्सिटी अफ साउथ अष्ट्रेलिया क्यान्सर रिसर्च इन्स्ट्टियुटस्थित अष्ट्रेलियन सेन्टर फर प्रिसिजनकी निर्देशक हुन्।
‘स्वस्थ मुटु र रक्तचापका लागि दैनिक ६ कपभन्दा थोरै कफी खानुपर्छ। हाम्रो तथ्याङ्क अनुसार ६ कपभन्दा धेरै कफी सेवन गरे कार्डियो भास्कुलर जोखिम बढ्ने देखिन्छ।’
सबै थोक जस्तै कफी पनि मध्यम मात्रामा सेवन गरे रामै्र हुन्छ। नियन्त्रित मात्रामा कफी सेवन गर्नाले स्वास्थ्यमा केही फाइदा पुग्ने देखिएको छ।
युरोपियन जर्नल अफ एपिडेमियोलोजीमा प्रकाशित अर्काे अध्ययन प्रतिवेदनमा नियन्त्रित मात्रामा कफी खाए दीर्घायु हुने दाबी गरिएको छ। क्युङ हि युनिभर्सिटी र हार्भर्ड टिएच च्यान स्कूल अफ पब्लिक हेल्थका अनुसन्धाताहरूले यसअघि गरिएका कफी सम्बन्धी ४० वटा अध्ययनको समीक्षा गरेका छन्। जसमा झण्डै चालिस लाख व्यक्ति र साढे चार लाख मृत्युका घटनाको विश्लेषण गरिएको छ।
कफी नै प्रयोग नगर्नेहरूको तुलनामा‘मध्यम कफी सेवन’ अर्थात् दैनिक दुईदेखि चार कप कफी सेवन गरे सबै प्रकारका मृत्यु कम हुने उनीहरूको निष्कर्ष छ। त्यसैले अब निर्धक्क भए बिहानीको कफी पिउनुहोस्। तर, त्यसको सीमा पनि राख्नुहोस्।