दर्शकको साथले उत्साहित वर्षा
काठमाडौं, जेठ ३ : जात्रै जात्रा देशभर एक साथ प्रदर्शनमा आएको छ। मुख्य कलाकारहरु वर्षा रावत, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ लगायतले दर्शकसँगै ....

काठमाडौं, जेठ ३ : जात्रै जात्रा देशभर एक साथ प्रदर्शनमा आएको छ। मुख्य कलाकारहरु वर्षा रावत, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ लगायतले दर्शकसँगै बसेर शुक्रबार पहिलो शोमै फिल्म हेरे।
कालो कुर्तामा सजिएर कुमारी हलमा देखिएकी नायिका वर्षा रावत दर्शकको साथले निकै खुशी देखिएकी थिइन्। दर्शकसँगै बसेर आफ्नै फिल्म हेरेकी वर्षाले छोटो प्रतिक्रिया दिँदै भनिन्–फिल्मले दर्शकलाई रमाइलोसँगै मनोरञ्जन दिन्छ। फिल्म हेरुञ्जेल पुरै हास्न पाइन्छ।
फिल्म जात्रै जात्रा निकै मनोरञ्जनात्मक बनेकाले हलमा आउने आफ्ना दर्शकलाई व्यक्तिगत तनाव घरमै छोडेर फ्रि-माइन्डसेट लिएर आउन उनको आग्रह छ। उनले तीन घण्टा हलमा बसेर मज्जाले दिल खोलेर हास्न तयार भएर आउन वर्षाको आग्रह छ।
फिल्ममा मध्यम वर्गीय सामान्य मानिसको जीवनमा सम्पतिका कारण आइपर्ने उथलपुथललाई देखाउन खोजिएको छ। फिल्ममा वर्षा रावत, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, दयाहाङ राई, रवीन्द्र झा लगायत कलाकारको अभिनय छ। प्रदिप भट्टराईद्वारा निर्देशित फिल्म जात्रै जात्राको पहिलो दिन दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ।












