Kathmandu Press

कपिराइट उल्लंघनको आरोपमा बिन्दवासिनी म्युजिककी अध्यक्ष पक्राउ

काठमाडौं, पुस २८ : प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ।गायक प्रमोद खरेललगायत केही...
कपिराइट उल्लंघनको आरोपमा बिन्दवासिनी म्युजिककी अध्यक्ष पक्राउ

काठमाडौं, पुस २८ : प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ।

गायक प्रमोद खरेललगायत केही कलाकारले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ। परिसरका डिएसपी प्रेम विष्टका अनुसार गायक खरेललगायतले आइतबार उजुरी दिएका थिए।

उनीहरुको उजुरीका आधारमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष रेग्मीलाई सोमबार पक्राउ गरिएको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १०:४७ बजे, मंगलबार, पुस २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्