Kathmandu Press

सम्राज्ञीको ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु

काठमाडौं, पुस २७ : प्रेमकथामा आधारित फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु भएको छ।सोमबार काठमाडौंको डिल्लीबजारमा यसको पहिलो सट लिइएको छ। यस फिल्ममा...
सम्राज्ञीको ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु

काठमाडौं, पुस २७ : प्रेमकथामा आधारित फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु भएको छ।

सोमबार काठमाडौंको डिल्लीबजारमा यसको पहिलो सट लिइएको छ। यस फिल्ममा अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको छ।

रमेश एम के पौडेलको निर्देशन रहेको फिल्मको निर्माता पासाङ लामा र सह निर्मातामा निरु भण्डारी, सुमन पौडेल र सुधिर पराजुली रहेका छन्।

यसमा सम्राज्ञीसँगै पुष्प खड्का, सरोज खनाल ,सन्दिप क्षेत्री, खबपु, इमिली लामाको अभिनय रहनेछ। यसमा अभिनेता ध्रुवदत्तको विशेष भूमिका रहनेछ।

आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको ब्यानरमा बन्न लागेको फिल्ममा सविर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ। त्यस्तै, यो फिल्म नेपाल र अमेरिकामा छायाँकन हुने जनाएको छ।

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, पुस २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्