Kathmandu Press

‘पल्पसा क्याफे’मा स्वस्तिमाको अभिनय

काठमाडौं, पुस २६ : चर्चित उपन्यास ‘पल्पसा क्याफे’माथि बन्न लागेको नाकममा स्वस्तिमा खड्का देखिने भएकी छिन्।पत्रकार नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’माथि नाटक बन्न...
‘पल्पसा क्याफे’मा स्वस्तिमाको अभिनय

काठमाडौं, पुस २६ :चर्चित उपन्यास ‘पल्पसा क्याफे’माथि बन्न लागेको नाटकमा स्वस्तिमा खड्काले अभिनय गर्न लागेकी छिन्।

पत्रकार नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’माथि नाटक बन्न लागेको छ। यसको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका छन्।

यस नाटकको रिहर्सल चलिरहेको छ। यसको निर्देशन थिएटर भिलेजका विमल सुवेदीले निर्देशन गरेका छन्।

नाटकको पल्पसाको भूमिकामा स्वस्तिमा देखिने भएकी हुन्। उनले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्।

पहिलो पटक नाटकमा अभियन गर्न लागेकाले उत्साहित भएको उनले बताएकी छिन्।

प्रकाशित मिति: १३:२९ बजे, आइतबार, पुस २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्