Kathmandu Press

यस्तो छ 'केजीएफ च्याप्टर-२' को टिजर

काठमाडौं, पुस २४ : बहुप्रतिक्षित फिल्म 'केजीएफ च्याप्टर-२' को टिजर सार्वजनिक भएको छ। यसलाई धेरैले मन पराएका छन्।फिल्म युनिटले एक मिनेटको टिजर सार्वजनिक...
यस्तो छ 'केजीएफ च्याप्टर-२' को टिजर

काठमाडौं, पुस २४ : बहुप्रतिक्षित फिल्म 'केजीएफ च्याप्टर-२' को टिजर सार्वजनिक भएको छ। यसलाई धेरैले मन पराएका छन्।

फिल्म युनिटले एक मिनेटको टिजर सार्वजनिक गरेका छन्। जसमा रबिना टन्डन, यस र संजय दत्त देखिएका छन्। अभिनेता यसका विभिन्न एक्सन देखिएका छन्।

यस फिल्मको टिजर शुक्रबार रिलिज गर्ने तयारी थियो। तर, अभिनेता यसका फ्यानको माग अनुसार अगाडि नै रिलिज गरिएको हो।

यो फिल्म प्रशान्त निलले निर्देशन गरेका हुन्। यसको निर्माण विजय किरान्दूरले गरेका हुन्।

 

प्रकाशित मिति: १३:०१ बजे, शुक्रबार, पुस २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्