Kathmandu Press

'थ्यांक गड'मा अजय, सिद्धार्थ र रकुल

काठमाडौं, पुस २३ : बलिउड निर्देशक इन्द्र कुमारको नयाँ फिल्म 'थ्यांक गड'मा अजय देवगन, सिद्धार्थ मलहोत्रा र रकुल प्रीत सिंह देखिने भएका छन्।निर्देशक...
'थ्यांक गड'मा अजय, सिद्धार्थ र रकुल

काठमाडौं, पुस २३ : बलिउड निर्देशक इन्द्र कुमारको नयाँ फिल्म 'थ्यांक गड'मा अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंह देखिने भएका छन्।

निर्देशक इन्द्र कुमारले यस फिल्मका लागि तीनै जनालाई अनुबन्ध गरेका छन्। यसको निर्माण भुषण कुमारले गर्न लागेका हुन्।

यो फिल्म दुई सातापछि फ्लोरमा जाने भएको छ। निर्देशक इन्द्र कुमारले जनवरी २१ देखि छायांकन सुरु हुने भएका छन्।

भुषण कुमार र टि सिरिजसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उनले बताएका छन्। त्यस्तै, अजयसँगै युवा पुस्ताका चर्चित कलाकार सिद्धार्थ र रकुललाई यस फिल्मका सामेल गराउनु पाउँदा उत्साहित भएको उनले जनाएका छन्।

 

प्रकाशित मिति: १२:२२ बजे, बिहीबार, पुस २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्