Kathmandu Press

नेपथ्यको ‘नासै छ्याँबा’ म्यूजिक भिडियोमा (भिडियोसहित)

काठमाडौं, जेष्ठ २ : ‘नासै छ्याँबा मनो ह्योल, हो रिमै जो’ गुरुङ भाषाको यो पहिलो अन्तरासँगै सुरू हुने नेपथ्यको चर्चित गीत ‘नासै छ्याँब....

नेपथ्यको ‘नासै छ्याँबा’ म्यूजिक भिडियोमा (भिडियोसहित)
नेपालय

काठमाडौं, जेष्ठ २ : ‘नासै छ्याँबा मनो ह्योल, हो रिमै जो’ गुरुङ भाषाको यो पहिलो अन्तरासँगै सुरू हुने नेपथ्यको चर्चित गीत ‘नासै छ्याँबा’ अब म्यूजिक भिडियोमा उपलब्ध भएको छ।

‘नासै छ्याँबा मनो ह्योल ’ अर्थात् गाउँहरूमध्येमा मनाङको गाउँ राम्रो। अमृत गुरुङले सन् २००४ ताका ट्रेकिङ गर्दै थोराङ पास नाघ्ने बेला मनाङकै परिवेशमा बसेर यसको रचना गरेका थिए।

यसको रेकर्ड त्यसको चार वर्षपछि अर्थात् सन् २००८ मा तयार भएको ‘ऐनाझ्याल’ एल्बमका निम्ति गरिएको थियो भने अहिले भिडियोमा पनि आएको छ।

Hardik ivf

गायक अमृत गुरुङ।

पदयात्रीका निम्ति प्रसिद्ध यो मार्ग लमजुङबाट सुरू भएर मनाङ हुँदै थोराङ ला नाघेपछि मुस्ताङ पुग्छ। यो लामो उकालीओरालीका पदयात्रीको भावनालाई आधार बनाएरै यो गीत लेखिएको हो।

गीतको अर्को अन्तरालमा उधौली उभौलीको कुरा पनि गरिएको छ। ‘मलाइ धेरै अघिदेखि गुरुङ गीत गाउने इच्छा थियो,’ अमृत भन्छन्, ‘त्यसै हिसाबले यसको रचना थालेको थिएँ । तर, गीत पुरा हुने बेलामा भने नेपाली अन्तराहरू थपिन पुगे।’

अमृत थप्छन्, ‘यसरी हिमाल र पहाड गरेर दुई फरक प्रकृति र भूगोल समेटिएको यस गीतमा मैले तराइको झलक पनि आओस् भनेर संगीत चाहिँ दीपचण्डी तालमा गरेको हुँ । यो ताल प्रायः तराइकै गीतहरुमा प्रयोग हुन्छ।’

गायक अमृत गुरुङ।

नेपाली संगीतमा संलग्न भएर नेपथ्यले २५ वटा स्वर्णीम वर्षहरू बिताइसकेको छ। गत वर्ष रजत महोत्सवका अवसरमा ब्याण्डले आफ्ना गीतलाई म्यूजिक भिडियो बनाउँदै श्रृखलावद्ध रुपले सार्वजनिक गर्ने घोषणा गरेको थियो। त्यसैलाई निरन्तरता दिँदै यो म्यूजिक भिडियो तयार पारिएको जनाएको छ।

नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन, ‘पुराना गीतलाई युट्युब दर्शकको निम्ति पुनः ताजा गर्ने उद्देश्यले यसको भिडियो तयार पारेका हौं।’

प्रकाशित मिति: १३:५१ बजे, बिहीबार, जेठ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्