Kathmandu Press

शिव परिवारको स्वरमा आयो ‘तिम्रो याद भुलाउन’

काठमाडौं, पुस २२ : चर्चित गायक शिव परियारको स्वरमा नयाँ गीत ‘तिम्रो याद भुलाउन’ सार्वजनिक भएको छ।युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा गायक परियारको स्वरले...
शिव परिवारको स्वरमा आयो ‘तिम्रो याद भुलाउन’

काठमाडौं, पुस २२ : चर्चित गायक शिव परियारको स्वरमा नयाँ गीत ‘तिम्रो याद भुलाउन’ सार्वजनिक भएको छ।

युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा गायक परियारको स्वरले मन्त्रमुग्द बनाउँछ। यस गीतको म्युजिक भिडियोमा नरेश भट्टराई र साक्षी लम्सालको अभिनय रहेको छ।

उमेश रेग्मीको शब्द तथा संगीत रहेको गीतमा महाराज थापाले संगीत संयोजन गरेका छन्। यसको निर्देशन युवराज वाइवाले गरेका छन्।

गोत्र इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत निसल पौडेलले छायाँकन र विकाश दाहालले सम्पादन गरेका हुन्।

प्रकाशित मिति: १३:०१ बजे, बुधबार, पुस २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्